• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

विश्वभर कोभिड–१९का १४१ खोप विकास भइरहेका छन् : डब्लुएचओ 

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. तेद्रोस गेब्रियेससले हाल विश्वभर १४१ वटा कोभिड–१९का खोपहरु विकसित भइरहेको जानकारी दिएका छन् । 

गेब्रियेससले वासिंटन पोष्ट अखबारसँग भने, ‘कोभिड–१९’को खोपका लागि जुन अन्तर्राष्ट्रिय सहयोग पाइरहेका छौँ, यसको महत्वका बारेमा विचार गरौँ ।’ 

उनका अनुसार कोरोना भाइरसको अनुक्रमलाई अनलाइनमा साझा गर्न थालिएसँगै १४१ वटा खोपको विकासका लागि पनि प्रयास भइरहेको छ । ‘यीमध्ये पनि पहिलो चरणका उम्मेदवार खोपको परीक्षण सफलताका लागि केही महिना मात्रै बाँकी छ । निश्चित रुपले सुरक्षाको कुनै ग्यारेन्टी छैन, तर हामी आशावादी छौँ ।’ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आर्थिक सहयोग रोक्ने घोषणाका बाबजुद पनि डब्लुएचओ अमेरिकासँग आफ्नो सहयोग जारी राख्ने गेब्रियेससले बताएका छन् । गत मार्च महिनाको ११ तारिखका दिन डब्लुएचओले कोभिड–१९ भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको थियो । 

विश्वभर कोभिड–१९ बाट एक करोड ८ लाख मानिस संक्रमित बनिसकेका छन् भने ५ लाख १५ हजार बढीको ज्यान गइसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर