• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रियलद्वारा गेटाफे पराजित, शीर्ष स्थानको रियललाई ४ अंकको अग्रता

स्पेनिस ला लिगा फुटबलमा उपाधि दावेदार रियल मड्रिडले गेटाफेलाई हराएको छ । गएराति घरेलु मैदानमा रियलले गेटाफेलाई १–० ले हराएको हो ।

रियलको जितमा कप्तान तथा डिफेन्डर सर्जियो रामोसले ७९ औं मिनेटमा पेनाल्टीमा गोल गर जितसंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ । रियल मड्रिडको ३३ खेलबाट ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । गेटाफे ५२ अंक सहित छैटौ स्थानमा छ ।

रियल मड्रिडले अब खेल्न बाँकी ५ खेलमा उपाधिका लागि मात्र ४ खेलमा जित निकाले पुग्नेछ । सन् २०१२ पछि पहिलो पटक रियल ला लिगाको उपाधि जित्ने अभियानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर