राजनीतिक छवि बिगार्न छोरोमाथी बलात्कारको आरोप लगाइएको वडाध्यक्षको दावी

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१३ का वडाध्यक्ष शुभ नारायण मण्डलले आफ्नो छोरो माथी लगाइएको बलात्कारको आरोपलाई खण्डन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले गैर वैधाानिक तरिकाले नगरसभा गरेको भन्दै आफू लगायत केही वडाध्यक्षहरु बिरोध जनाई रहँदा राजनीतिक स्वार्थ पूर्तीका लागि यस प्रकारको घृणित योजना बनाइएको वडाध्यक्ष मण्डलले आरोप लगाएका छन् । 

एक दिन अगाडी मात्रै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ कै एक महिलाले वडाध्यक्ष मण्डलको छोरोले आफूमाथी बलात्कार गर्नुका साथै पीटपाट गरेको आरोप सहितको भीडियो बाहिरिएको थियो । 

वडाध्यक्ष शुभनारायण मण्डलले गैरवैधानिक रुपमा गरिएको नगरसभाको बिरोध गरिरहेकोले विपक्षीहरुले यो मुद्दालाई तुल दिएर आफ्नो राजनीतिक छवि बिगार्न खोजेको दावी गरे । वडाध्यक्ष मण्डलले भने ‘मेरो छोरो यही टोलमै विवाद मिलाउन गएको थियो, सोही क्रममा केही युवाहरुले अपशब्द प्रयोग गर्दा मेरो छोरोले हात छोडेको स्वीकार गर्छु ।’

उनले घटना शुक्रबारकै रहेको र सबै कुरो सोही दिन साम्य भई सकेको बताए । वडाध्यक्ष मण्डलले आफू राजनीतिक व्यक्ति रहेकोले आफ्नो व्यक्तित्वलाई धुमिल पार्नका लागि विपक्षीहरुले साम्य भई सकेको विवादलाई योजना बनाएर सो महिलालाई उचालेको दावी गरे । 

यता वडाध्यक्षका छोरा रोशन मण्डलले आफ्नो बुवाको राजनीतिक छवि बिगार्नका लागि मलाई फसाउन खोजिएकोे दावी गरेका छन् । उनले आफू त्यो महिलालाई अहिलेसम्म नदेखेको बताए । उनले भने ‘ म राति राति क्यारेम बोर्ड खेलेर किन हल्ला गर्छौं भन्दा सो महिलाको श्रीमानले मलाई धकेलेपछि उनको गालामा चटकन लगाएको थिएँ ।’ सोेही रिसमा उसलले यस्तो योजना बनाएको हुुन सक्ने राशनको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर