भैसी चराउन गएकी बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशंका 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतअवस्थामा फेला परेकी छिन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थामा रहेको दुधमती नदीको किनारमा १० वर्षीया बालिका कन्चन कुमारी पजियार मृतअवस्थामा फेला परेकी हुन् । 

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् । घटना सम्बन्धमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएको मृतककी काका विजय पजियारले बताए । मृतक बालिकाको बुवा बिनोद पजियार कुर्थामै तरकार बेचेर गुजारा चलाउएँदै आएका छन् । 

यता घटनामा संलग्न हुन सक्ने आशंकामा गाउकै श्मसानमा बस्ने एक अघोरीलाई गाँउलेले पक्राउ गरेर धनुषा प्रहरीलाई बुझाएका छन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर