बझाङ पहिरो : स्थानीय भन्छन्–दुई बालकको शव भेटियो, प्रहरी अझै पुगेन

बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरा जाँदा वेपत्ता भएका दुई बालकको शव फेला परेको छ । अनुहार नचिनिने गरेर क्षदविक्षद भएको अवस्थामा शव भेटिएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिए । उनीहरुको परिचय खुलेको छैन ।

वेपत्ता थप पाँच जनाको स्थानीयले खोजी जारी राखेका छन् । घटनास्थलमा प्रहरी भने अहिलेसम्म पुग्न सकेको छैन् । खोला किनार भएर जानुपर्ने र खोलामा पानीको बहाव बढि भएकाले घटनास्थलमा प्रहरी पुग्न नसकेको जिल्लाको प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए । 

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन् । यसैबीच, केदारस्युँ गाउँपालिका वडा नम्वर ८ र ९ मा गण्डकी गाडले ठूलो क्षति गरेको छ ।

रातभरको पानी सँगै आएको पहिरोले केदारस्युँ ८ मा रहेको गण्डकी बजार पूर्णरूपमा विस्थापित भएको छ । एउटा मोबाइल पसल र एउटा खाद्यान्न पसल पनि बगाएको छ । दर्जनौं पानी घट्ट बगेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर