• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

स्वास्थ्य वैज्ञानिकको सम्मेलन हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन सोमबार र मङ्गलबार हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा हुने सम्मेलनमा ३२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति हुनेछ । कोभिड–१९ का कारणले सम्मेलन भर्चुअल (जुम) बाट गरिने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिए । 

उनले स्वास्थ्य तथा जनसङ्ख्याका क्षेत्रमा भएका अध्ययन अनुसन्धानबाट निस्केको निष्कर्षले सरकारलाई ती क्षेत्रको नीतिनिर्माण सहयोग पुग्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । सम्मेलनको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नेछन् । परिषद्ले प्रत्येक वर्ष सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनमा करीब पाँच सय वैज्ञानिकको सहभागिता हुनेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर