धुनिबेशीका तामाङले दिए मेरोमाइक्रोफाइनान्सलाई घरभाडा सहुलियत 

धादिङ । कोरोना भाइरसले विश्वभरको अर्थतन्त्र संकटमा छ । बजार सुनसान छ, लकडाउनका कारण ब्यवसायी हत्तोत्साही बनिरहेका छन् । आर्थिक तथा ब्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको अवस्थालाई मध्यनजर गरि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई जित बहादुर तामाङले घरभाडामा सहुलियत दिएका छन् । 

प्रायः घरबेटीलेहरुले  घरभाडा छुट दिएका छैनन् । सरकारको आदेशलाई ब्यवास्ता गरि कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले तिर्न नसक्ने अवस्था हुदा पनि घरबेटीहरुले भाडा लिइरहेका छन् । तर धुनिबेशी गाउँपालिका १, धादिङमा रहेको मेरोमाइक्रोफाइनान्सको भञ्ज्याङपोखरी शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिइ घरबेटी तामाङले संस्थालाई सहयोग गरेर सामाजिक उत्तरदायित्व निभाएको शाखा कार्यालयका प्रमुख दिनेश दाहालले जानकारी दिए । 

‘लकडाउनले सबैलाई आर्थिक तथा सामाजिक रुपमा हतोत्साही गरेको यस्तो संकटको घडीमा आफूले पनि संस्थाको समस्या बुझेको” तामाङले बताए । त्यस्तै, समाजमा बसेर एक आपसमा सबैलाई साथ दिएर अघि बढ्नुपर्ने समेत बताए । 

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । त्यसको साथै बिभिन्न स्थानीय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ । 

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र मनमैजु अनुगमन कार्यालय काठमाण्डा“ै अन्र्तगत ८ जिल्लामा १२ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । 

संस्थाले चालु आर्थिक बर्षको त्रैमासिक अवधिमा ९ करोड ५८ लाख २९ हजार रुपैया“ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको नाफा १० करोड १८ लाख २५ हजार रुपैया“ रहेको थियो । हाल संस्थाको चुक्ता पु“जी ८५ करोड ५१ लाख ४० हजार रुपैया रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर