• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोभिड-१९ संक्रमणबाट बच्न एक भारतीय व्यापारीले लगाए ‘सुनको मास्क’!

एजेन्सी । यतिबेला विश्वभरका मानिस कोभिड–१९ महामारीसँग लडिरहेका छन् र यस समयमा मास्क, ग्लोब्स र सेनिटाइजर जस्ता सुरक्षा उपायहरु अपनाउन अत्यन्त आवश्यक बनेको छ ।

मास्क प्रयोगमा पनि कस्तो मास्क प्रयोग गर्ने भन्नेबारे मानिसको आ–आफ्नै धारणा बनाइरहेका छन् । कोही सर्जिकल, कोही एन–९५ त कोही कपडाको मात्रै मास्क लगाउँछन् । सबै खाले मास्कको आ–आफ्नै महत्व छन् र विश्वभरका सरकारले मास्क प्रयोगलाई अनिवार्य बनाएको छ । 

यसैबीच, एक भारतीय व्यापारीले आफ्नो लागि सुनको मास्क बनाएका छन् र उनी यही मास्कले आफूलाई महामारीबाट टाढा राख्ने विश्वास गर्छन् । 

महाराष्ट्रको पुने जिल्लाको पिम्प्री–चिंच्वाड सहरका स्थाीयन व्यापारी शंकर मर्हादेले ४ हजार बराबरको सुन जडित मास्क प्रयोग गर्ने बताएका छन् । ‘यो पातलो र मसिना प्वाल भएको मस्क हो जसले मलाई श्वास लिन मद्दत गरिरहेको छ,’ उनले एएफपीसँग भने । 

‘मलाई थाहा छैन, यसले कोरोना भाइरसको संक्रमणबाट बचाउन प्रभावकारी भूमिका खेल्छ कि खेल्दैन, तर म अन्य सावधानीका उपयाहरु पनि अपनाइरेको छु,’ सुनका गरगहनाका व्यापारी मर्हादेले भने । 

सुनको मास्क बनाएपछि उनी वरपरका छिमेकी बीच चर्चित बनेका छन् र आफूसँग सेल्फि खिच्नका लागि मानिसहरु इच्छुक देखिने गरेको उनले बताए । ‘मैले सुनको मास्क लगाएको देख बजारमा मानिसहरु मलाई अवाक भएर हेर्छन् ।’

भारत कोरोना भाइरसका संक्रमितको संख्या ६ लाख ४८ हजार बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ६ सय नाघेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर