पतिले राष्ट्रपति पदका लागि दौडने भनेपछि ‘अमेरिकी प्रथम महिला’ बनिन् किम कार्दशियन 

एजेन्सी । अमेरिकी र्यापर कन्ये वेस्टले यसै वर्षको अमेरिकी चुनावमा राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने घोषण गरेपछि उनकी पत्नी तथा चर्चित अमेरिकी सेलिब्रेटी किम कार्दशियनलाई फ्यानहरुले ‘अमेरिकी प्रथम महिला’को रुपमा विचार गर्न थालेका छन् । 

वेस्टले ट्विटरमा एक पोस्ट गर्दै भनेका छन्, ‘हामीले अब भगवानमाथि विश्वास गरेर, आफ्नो दृष्टिकोणलाई एकजुट बनाएर र आफ्नो भविष्यको निर्माण गरेर अमेरिकाको बाचाहरुलाई महशुस गर्नुपर्छ, म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि दौडिरहेको छु ।’

अमेरिकी राष्ट्रपति चुनाव हुन ४ महिना बाँकी रहँदा वेस्टले राष्ट्रपतिका लागि प्रतिरोधी बन्नेबारे गम्भर भएका हुन् वा चुनावमा भोट हाल्नका लागि आफ्नो अधिकार व्यक्त गरेका हुन् भन्नेबारे खुलाइएको छैन । 

अमेरिकी राष्ट्रपतिका लागि प्रतिस्पर्धी बन्ने वेस्टको यस ट्विट भाइरल बनेको छ । धेरै फ्यानहरुले उनकी पत्नी किम कार्दाशियनलाई अमेरिकी प्रथम महिलाको रुपमा विचार गरिरहेका छन् र विभिन्न मिम्स सेयर गरिरहेका छन् । 

धेरैजसो प्रयोगकर्ताले यदि किम कार्दाशियन प्रथम महिला बनिन् भने आफू अमेरिका छोडिदिने बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर