• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

स्पेनीस ला लिगा– भिल्लारियालविरुद्ध वार्साको शानदार जित

स्पेनीस ला लिगामा बार्सिलोनाले भिल्लारियालमाथि चार एकको शानदार जित निकालेको छ । यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानको रियालसँगको दुरी फेरी चार अंकमा झार्न समेत सफल भएको छ । 

भिल्ला रियलको मैदानमा भएको खेलमा बासिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई अग्रता लियो । तर १४ औंमिनेटमा भिल्ला रियलका जेरार्ड मोरिनोले गोल गर्दै खेल एक एक गोलको अवस्थामा पुर्याए ।

खेलको २० औं मिनेटमा लियोनल मेस्सीको पासमा लुइस स्वारेजले गोल गरे ।  ४५ औं मिनेटमा फेरी लियोनल मेस्सीले नै मिलाइदिएको पासमा ग्रिजमनले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पुर्याए ।

ग्रिजमनको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका फाटीले ८६ औं मिनेटमा गोल गरे । जसका कारण बार्सिलोनाले चार एकको फराकिलो जित निकालेको छ । यो जितपछि बार्सिलोनाले ३४ खेलमा ७३ अंक बनाएको छ । रियालको समान खेलबाट ७७ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर