• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपा स्थायी कमिटिको बैठक बुधबारसम्मका लागि स्थगित

फाइल तस्वीर

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।  पटक पटक स्थगित हुँदै आएको बैठक आजका लागि तय भएको थियो । पार्टीका शिर्ष नेताहरुबीच छलफल जारी रहेकाले बैठक स्थगित गरिएको नेकपाले जनाएको छ  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । 

 प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेलमा आफ्नै पार्टीका नेताहरूसमेत संलग्न रहेको अभिव्यक्ति दिएपछि पार्टीभित्र विवाद चूलिएको थियो । सचिवालय र स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन ओलीलाई दबाब दिएका छन् ।  

तर ओली अहिले नै दुबै पद छोड्न तयार छैनन् ।  प्रचण्डसँगको छलफलमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने बताउदै आएका छन् ।   मंसिर ४ को सहमतिमा ओलीले पाँचवर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने भन्ने उल्लेख छ ।  तर मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले जेठ २ को सहमति अनुसार अघि बढ्नुपर्ने बताउदै आएका छन् ।

यो सहमतिमा दुवै अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने उल्लेख छ ।  दुवै पक्ष आफ्नो अडानमा रहेपछि लामो समयपछि बसेको पार्टीको स्थायी कमिटी नै प्रभावित भएको हो ।  पार्टी एकतालाई जोगाउन र सहमतिका साथ अघि बढ्न नेकपाका दोस्रो पुस्ताका नेता र कार्यकर्ताले नेतृत्वलाई दबाब दिइरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर