• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ओलीसंग छलफलका लागि प्रचण्ड बालुवाटारमा, विवाद मिलाउने प्रयास हुँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउन सोमबार पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रेस संयोजक विष्णु सापकोटाले पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल भइरहेको बताए । 

यसअघि आइतबार पनि अध्यक्षद्वयबीच छलफल भएको थियो । पार्टीभित्र चुलिँदै गएको विवादका कारण प्रधानमन्त्री ओली पार्टी विभाजनतर्फको यात्रामा लागेको भन्दै पार्टीबाटै आलोचना सुरु भएको छ ।  १० असारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित स्थायी समिति बैठकमा ओलीको राजीनामा माग भएको थियो । पार्टीका शीर्ष नेताहरुबाटै आफ्नो राजीनामा माग भएपछिओली रुष्ट बनेका हुन् । यसअघि नै पार्टीभित्र छलफल नगरी पार्टी फुटाउने अध्यादेश ल्याउन लागेका प्रधानमन्त्री ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको नेताहरुले दाबी गर्दै आइरहेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टी फुटाउने यात्रामा प्रधानमन्त्रीलाई साथ दिइरहेको भन्दै विरोध भइरहेको छ । साढे २ वर्षअघि एकता गरि दुई तिहाई सहितको सरकार संचलन गर्दै आएको नेकपाभित्रको आन्तरिक विवादका कारण एकता संकटमा परेको छ । नेकपाभित्रको विवाद साम्य नभएपछि आजका लागि तय स्थायी कमिटीको बैठक २४ असार बिहान ११ बजेसम्मका लागि स्थगित भइसकेको छ। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर