आँपको प्रलोभन दिई बालिका बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ 

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर २१ कुर्थामा ११ वर्षिया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरि हत्या गरेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी बलात्कार गरी बालिकाको हत्या गरेको आरोपमा भारतको उत्तरप्रदेशका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश  मलिहावाद जिल्लास्थित काकोरी ग्राम पञ्चायत काकोरी वडा नम्बर–११का ३२ बर्षिय दिपु सिंह रहेका छन् । प्रहरीले सिंहलाई आईतबार नै पक्राउ गर्न सफल भएको थियो । सिंह जनकपुरधाम २१ कुर्थास्थित चौधरी एण्ड मिश्र इन्डष्ट्रिजमा कार्यरत थिए । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२१ कुर्थास्थित चौधरी एण्ड मिश्र इन्डष्ट्रिजमा करिव ४÷५ महिना अगाडीदेखि काम गर्दै आएका सिंह असार १७ गते बुधबार सोही आँप टिप्न गएकी बालिका कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन दिएर बलात्कार गरेको पाइएको छ । सिंहले बालिकालाई आँप दिन्छु भन्दै ललाईफकाई सोही इन्डष्ट्रिजको पछाडी रहेको आँपको बगैंचामा लगेर मुख थुनेर बालात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बालिकाको हत्यापश्चात  शवलाई सिंहले ब्लैंकेटमा बेरेर दुधमति नदीको पश्चिम साईडको डिलमा रहेको सिकटको झाडीमा फालेका थिए । 

घटनाका अभियुक्त सिंहलाई खोजतलाशको क्रममा असार २१ गते शुक्रबार सोही इन्डष्ट्रिजबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा आफुले नै घटना घटाएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । 

सिंहलाई जबरजस्ती करणी गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने भएकाले म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर