• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सिआइबीद्वारा बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिकाका ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई  पक्राउ गरेको हो । 

पक्राउ परेका सुनारलाई अदालतले रु १४ लाख ६९ हजार ६४० जरिवाना र पाँच दिन कैद तथा बस्नेतलाई रु १३ लाख जरिवाना र पाँच दिन कैद ठहर गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । 
पक्राउ परेका सुनार र बस्नेतले पीडित दीपककुमार विश्वकर्मालाई रकम नभएको विभिन्न बैंकको चेक काटेर बैंकिङ अपराध गरेका थिए । प्रहरीले सुनारलाई तारकेश्वर र बस्नेतलाई धर्मस्थलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनालाई प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेको सिआइबीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर