• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

काठमाडौं उपत्यकामा ५४ सहित सोमबार थप १८० जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार थप १८० जनामा कोरोना संक्रमण देखिएको छ ।  देशका बिभिन्न प्रयोशालामा गरिएको परिक्षणका क्रममा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितहरुमा काठमाडौंमा २४, ललितपुरमा २० , भक्तपुरमा १० जना समेत रहेका छन् । थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । सोमबार थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ६८११ पुगेको छ । त्यस्तै कोरोनाबाट बाग्लुङका २९ बर्षिय पुरुषको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको प्रवक्ता गौतमले बताए ।  

हालसम्म ६८११ डिष्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाए । २४ घण्टामा ४७२१ पिसिआर परिक्षण गरिएको छ भने आइशोलेशनमा ९११८ जना रहेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर