• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना महामारीका बीच चीनमा भेटियो बुबोनिक प्लेगको एक बिरामी 

एजेन्सी । चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सतर्कता बढाएका छन् ।

सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्वास्थ्य स्थिति स्थिर छ । उनी गोठाला भएको बताइएको छ ।

अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन् । ब्यूबनिक प्लेग ब्याक्टेरियाको सङ्क्रमण हुन्छ । यो घातक हुनसक्छ, तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ ।

यस मामिलासँग जोडिएको जानकारी सबैभन्दा पहिले बायान्नुरस्थित एउटा अस्पतालबाट आएको थियो । तर उनलाई कसरी सङ्क्रमण भयो भन्नेबारे स्पष्ट छैन ।

तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ । सङ्क्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर