• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जापानमा बाढीको कहर [फोटोफिचर]

वर्षापछि कुमामोटोको कुमा नदीमा बहाब बढेर हितोयोशीस्थित वस्तीमा पसेपछि ।

एजेन्सी । जापानमा भारी वर्षासँगैआएको बाढीका कारण भत्किएका र पुरिएका घरमा फँसेकाका उद्धार गर्नका लागि दशौँ हजार उद्धारकर्मीहरु खटिरहेका छन् । बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । 

क्युशु आइल्याण्डको आशिकिता जिल्लाको कुमामोटोमा उद्धारमा खटिएका उद्धार टोली ।

देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।

बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको अधिकारीहरुले जनाएका छन् । बाढी र डुवानका कारण अरु १० जना अझै पनि हराइरहेको जनाइएको छ ।

बाढीबाट प्रभावित भएकामध्ये एक हजार पाँच सयलाई अस्थायी शरणार्थी शिविरहरुमा राखिएको छ । उनीहरुका लागि ८६ शिविरहरु बनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत, खानेपानी, सडक लगायतका सञ्जाल तोडिएको छ ।


घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उद्धारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । उनीहरुलाई घटनास्थलमै पुगेर उद्धार गरिएको थियो । 

बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् । 

उद्धारकर्ताहरुले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ । 

डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

 

सुनागी, कुमामोटो ।

 

कुमा गाउँमा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी

 

 

 

 

कुमामोटोमा सुरक्षित शिवरमा सारिएका बाढी पीडित स्थानीयवासीहरु । 
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर