• सोमबार ४-१९-२०७७/Monday 08-03-2020/ 09:29 pm

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख र घाइतेको निःशुल्क उपचार गरिने

कास्की ।  जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक रु एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा  घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं  पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेकोे समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति बैठकले दुःख प्रकट गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नदी  किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्र्ने व्यक्ति तथा बस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षितरुपमा अस्थायी स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने भएको छ । 

त्यसैगरी  खोजी र उद्धार कार्य एवं सुरक्षितरुपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । बिहीबार रातिको पहिरोमा परी जिल्लामा पोखरा महानगरपालिका–१८ गोठादीमा पाँच तथा पोखरा–२६ लेखनाथ र पोखरा–२५ हेमजामा एकरएक जनाको ज्यान गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

  • १९ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण देखिएको

बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत

  • १९ श्रावण, २०७७

कैलाली । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ।  १४ साउनमा आएको बाढीमा परी मृत्यु भएका

बाग्लुङमा पहिरोका कारण १३ घरपरिवार विस्थापित

  • १९ श्रावण, २०७७

बागलुङ । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला