• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको रुसको दावी

एजेन्सी । रुसस्थित एक विश्वविद्यालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप पत्ता लागेको दाबी गरेको छ। सेचनोव विश्वविद्यालयले  खोपको परीक्षण सफल भएको दाबी गरेको हो ।

विश्वविधालयको प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकलाई उद्धृत गर्दै परीक्षणमा खोप प्रभावकारी देखिएको रुसस्थित तास मिडियाले जनाएको छ।

‘सोध पूरा भएको छ र यसबाट खोप पूर्ण रुपमा सुरक्षित रहेको पनि प्रमाणित भएको छ,’ इलिनाले भनेकी छिन्।  खोप परीक्षण गरिएका स्वयंसेवकहरुलाई १५ जुलाईदेखि २० जुलाईसम्ममा डिस्चार्ज गरिनेछ।

विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई  खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर