• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 10:59 pm

लकडाउनमा घरभाडा छुट गर्ने घरधनीलाई सम्मान

बुटवल । बुटवलमा लकडाउनको समयमा घरबहाल छुट गर्ने घरधनीलाई सम्मान गरिएको छ । कोरोना महामारीको समयमा घरबहाल छुट गर्ने घरधनीहरुलाई बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घर बहाल सरोकार संघ रुपन्देहीले सम्मान गरेको हो । 

मंगलबार बुटवल उद्योग बाणिज्य संघमा अयोजित कार्यक्रममा घरबहाल छुट गर्ने घरधनीहरुलाई कदर पत्रले सम्मान गरिएको छ । कोरोना भाईरस को संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि व्यापार व्यबसाय ठप्प भएकाले आफ्नो घरमा बहालमा बस्नेहरुलाई सहज होस भन्ने उद्देश्यले बुटवलमा कतिपय घरधनीहरुले स्वतःस्फूर्त रुपमा निश्चित समयको घरबहाल छुट गरेका थिए । 

लकडाउनको समयमा बुटवलको वडा नं. ५ मा मृगेन्द्रकुमार सेरचनले तीन महिनाको भाडा छुट गरे । त्यस्तै वडा नं. ४ का रुपकिशोर लाकौलले लकडान अवधिको ५० प्रतिशत, महेशमान सिंहले सिंह कम्प्लेक्समा १ महिनाको भाडा छुट गरेका थिए । त्यस्तै वडा नं. ५ मा यज्ञ कसजु, ४ का मदनलाल सेरचन, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद न्यौपाने, वडा नं. ६ ट्राफिकचोकका चक्रबहादुर पुन, कृष्ण पाठक, वडा नं. ४ संगमथपमा उज्जवल कसजु, वडा नं. ९ तिनकुनेमा नवराज श्रेष्ठ, वडा नं. ६ ट्राफिकचोकमा सुनिल वझा, राममन्दिर लाईनमा शोभाखर पाठक, सुलोचना श्रेष्ठ, वडा नं. १ मा रबिन्द्रगोपाल लाकौलले निश्चित समयको घरबहाल छुट गरेका छन । 

त्यस्तैगरी वडा नं. ५ हाटबजार लाईनमा अम्मल लाकौल, ईन्द्र रिसाल, अमरपथमा डा. द्वारिका थैव श्रेष्ठ, संगमपथमा होमबहादुर सेन, बुद्धिप्रसाद शर्मा पाण्डे, ट्राफिकचोकमा नारायण ढकाल, कालिकानगरमा रामचन्द्र रेग्मी, राममन्दिर लाईनमा ऋषि भण्डारी, बिकासपथमा यमुना श्रेष्ठ, अमरपथमा रामकुमार श्रेष्ठ, गीता शर्मा भट्टराई, चुन्नुप्रसाद पौडेल, बुटवल ९ मा सुमि हमाल, बुटवल ११ आवास पथमा बिकास कर्माचार्य, बुटवल उद्योग बाणिज्य संघको संगमपथ स्थिती भवनमा निश्चित समयको घरबहाल छुट भएको नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी गराए । 

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले कोरोना महामारीको असामान्य परिस्थितीमा घरबहाल छुट गर्ने घरधनीलाई धन्यवाद दिए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले केही व्यक्तिले गरेको यो काम उदाहरणीय भएको बताउँदै सकेसम्म सबैलाई केही समयको भएपनि घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गरे । नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोईरालाले यो असामान्य परिस्थितीमा बहालमा बस्ने तथा व्यबसाय गर्नेलाई बहाल छुट गर्ने उदाहरणीय काम भएको बताउँदै घरधनी तथा बहालमा व्यबसाय गर्ने दुबै पक्षको लगानीको सरक्षा गर्ने सरकारको काम भएको बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राममन्दिर शिलान्यास कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ अयोध्याका लागि प्रस्थान

  • २० श्रावण, २०७७

जनकपुरधाम । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ

कोरोनाका कारण पाल्पामा गाईजात्राको रौनक देखिएन

  • २० श्रावण, २०७७

पाल्पा । परम्परागत सांस्कृतिक महत्तव बोकेको गाईजात्रा पर्व पाल्पामा सामाजिक दुरी कायम गरेर मनाईएको छ । नेवार समुदायले विशेष पर्वका रुपमा रहेको

प्रदेश प्रहरी भवन निर्माण शुरु

  • २० श्रावण, २०७७

हेटौँडा ।  हेटौँडामा बागमती प्रदेश प्रहरी कार्यालय भवन निर्माणको काम थालिएको छ।  ३१ करोडको लागतमा शुरू गरिएको सो भवन साढे चार तलाको १२२ कोठाको