• शनिबार ४-२४-२०७७/Saturday 08-08-2020/ 03:05 am

मुख्यमन्त्री पोखरेलद्वारा बजेट नतिजामुखी ढंगले खर्च गर्न निर्देशन 

बुटवल । प्रदेश पाचका मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च गर्न निर्देशन दिएका छन ।

प्रदेश सरकारका मन्त्रालयहरु तथा विभिन्न निकायहरुको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा निर्देशन दिदै उनले बजेट माग गर्ने तर विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च नगर्ने प्रवृतिलाई पूर्णतःअन्त्य गर्न र नागरिकको प्रत्यक्ष लाभलाई मन्त्रालयहरुले ध्यान दिनुपर्ने बताए ।

समयमा बजेट आएपनि बजेट कार्यान्वयनमा ढिलाई भइरहेकोले त्यसतर्फ सुधार गर्न मुख्ममन्त्री पोखरेलले आग्रह गरे । ‘आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च गर्ने प्रवृति अन्त्य हुुनुपर्छ’, उनले भने ।

उनले कोभिड—१९ आत्मनिर्भरताको लागि अवसर भएकाले मन्त्रालयहरुले आत्मनिर्भरताका लागि योजना र कार्यक्रम ल्याउन निर्देशन दिए । ‘कोभिडले तत्कालका लागि समस्या ल्याएपनि दीर्घकालका लागि अवसर ल्याएको छ, त्यो अवसरलाई हामीले बुझेर काम गर्नुपर्ने बेला आएको छ’ उनले भने ।

कृषिको व्यवसायिकरणका लागि ध्यान दिन र त्यसका लागि किसान लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीले निर्देशन दिए । ‘कृषिमा नयाँ संभावनाको खोजी गर्नुस्,कृषिका कार्यक्रम लक्षित समूहसम्म पु¥याउनुस्,त्यसो भयो भने कृषिबाट संमृद्धिको यात्रा संभव छ’ उनले भने । उनले सडक पूर्वाधार विकासलाई मात्रै प्राथमिकता दिनुको साटो खानेपानी र सिंचाईका आयोजनालाई पनि महत्पूर्ण ठानेर प्राथमिकतासाथ काम गर्नुपर्ने बताए ।

संघ र प्रदेशबीच दोहोरोपन नहुनेगरी योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिदै उनले दोहोरोपनाले बजेट खर्च हुने तर बजेट खर्च भए अनुसार नतिजा नदेखिने प्रवृति रहेको बताए ।

डिजिटल प्रदेश बनाउने योजना प्रदेश सरकारको भएकोले मन्त्रालयहरुले दिने सेवा प्रवाहका काममा प्रविधिको प्रयोग बढाउन र नागरिकसंग जोड्न आग्रह गरे । 
मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार बार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मन्त्रीहरु, योजना आयोगका पदाधिकारी,प्रमुख सचिव, सचिव र महाशाखा प्रमुखहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेश : यी हुन् बजेट कार्यान्वयनमा अब्बल मन्त्रालय

  • २३ श्रावण, २०७७

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीबाट विश्वका प्रायः सबै देश प्रभावित छन् । कोभिड–१९ को यो विश्वव्यापी सङ्कटले

अस्पताल र रेडक्रसले ब्लड ग्रुप चिन्न नसकेपछि सुत्केरीको मृत्यु, परिवारले शव उठाएनन्

  • २३ श्रावण, २०७७

जनकपुरधाम । महोत्तरीका राजकिशोर महतो श्रीमती सुत्केरी हुने समय आएसँगै निकै खुसी थिए । पहिलो सन्तानको प्रतिक्षामा रहेका महतो दम्पतिको यो खुसी धेरै

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

  • २३ श्रावण, २०७७

झापा । जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीमा एक जनाको मृत्यु भएको छ ।शुक्रबार बिहान ४ बजेतिर हात्तीको