• सोमबार ४-१९-२०७७/Monday 08-03-2020/ 08:10 pm

बाग्मती प्रदेशमा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

बाग्मती ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग सम्झौता गरिएको बताए । 

शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कार्य अघिल्ला वर्षहरुमा भन्दा आगामी आर्थिक वर्षमा चुस्त हुने विश्वास व्यक्त गरे । प्रदेशले नयाँ अभ्यासको थालनी गरेको मुख्यमन्त्री पौडेलले दावी गर्नुभयो । सङ्घीय सरकारले शुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक गर्न लागेको उहाँको भनाइ थियो  । 

प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्नेगरी एक वर्षको काम गर्ने प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न दुईतर्फी प्रतिबद्धता जनाइएको मुख्यमन्त्री पौडेले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

  • १९ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण देखिएको

बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत

  • १९ श्रावण, २०७७

कैलाली । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ।  १४ साउनमा आएको बाढीमा परी मृत्यु भएका

बाग्लुङमा पहिरोका कारण १३ घरपरिवार विस्थापित

  • १९ श्रावण, २०७७

बागलुङ । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला