खोलाले बगाएर एकजना बेपत्ता 

पाल्पा । पाल्पामा खोलाले बगनएर एकजना बेपत्ता भएका छन । जिल्लाकौ रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ पट्टाचौरस्थित रिडीखोला तर्ने क्रममा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका  ८ का ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

 निरन्तरको वर्षासंगै रिडीखोला बढेका कारण उनलाई बगाएको बेपत्ता रहेको हुँदा प्रहरी र स्थानीयको पहलमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले बताए । हाल मुझुङ्ग प्रहरीको टोलीले बेपत्ता मुखियाको खोजी कार्य गरिरहेको  गिरीले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर