१० हजार कुखुराका चल्ला बरामद

बुटवल । रुपन्देहीमा प्रहरीले १० हजार थान कुखुराका चल्ला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउपालिका वार्ड नं.३ परासी झुमामा भारतबाट अबैद्यरुपमा नेपाल तर्फ ल्याएको कुखुराको चल्ला बरामद भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीका अनुसार बाटोमा बेवारिसे अवस्थामा १ सय कार्टुनमा १० हजार थान कुखुराका चल्ला फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटीएको प्रहरी टोलीले फेला पारेको ती चल्लाहरु स्थानीय मानिसहरुको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया पठाईएको थियो ।  उक्त चल्लाहरु खाल्डोमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर