दार्चुलामा पहिरोले घर बगाउँदा दुई जना वेपत्ता

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले घर बगाउँदा दुई जना वेपत्ता भएका छन् ।

पहिरोमा परेर नौगाड ६ की ३५ वर्षका मानमती ठगुन्ना र उनकी ६ वर्षका छोरी रेवती ठगुन्ना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता उनीहरुको खोजी भइरहेको छ । पहिरोले अन्य तीन घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर