विप्लवका कार्यकर्ता बेपत्ता पारेको भन्दै मानवअधिकार आयोगमा पत्र

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का ३ जना विद्यार्थी नेताहरुलाई रिहाइपछि पुनः प्रहरीले गिरफ्तार गरेको भन्दै मानव अधिकार आयोगलाई पत्र पठाइएको छ । 

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा उनीहरु ३ जनाको मानव अधिकार रक्षाका लागि पत्र काटिएको सेती महाकाली क्षेत्रीय समन्वय समितिका ससंयोजक विरेन्द्र शाहले बताए । ‘आस्था र विचारको आधार केपी–बादल गृह प्रशासनले सत्ता र शक्तिको आडमाा प्रहरी÷प्रशासनको चरम दुरुपयोग गर्दै असार १३ गते साँझ ५ बजेतिर धनगढीको जुगेडाबाट हाम्रो संगठन अखिल (क्रान्तिकारी का केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कैलाली जिल्ला अध्यक्ष सुवास जोशी र जिल्ला पार्टिका नेता प्रकाश रावललाई अपहरण शैलीमा गिरफ्तार गरि झुठो मुद्दामा फसाइएको थियो ।’ उनले जारी विज्ञप्तिमा भनिएको छ, ‘झुठा मुद्दामा फसाइएका साथीहरुलाई हिजो ०७७ साउन ०५ गते अदालत र प्रशासनबाट साधरण तारेखमा रिहा गरिएको थिए । रिहाई भइसकेपछि कैलाली प्रहरीले पुनः गिरफ्तार गरि कता पुर्याएको छ र कता राखिएको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।’

उनीहरु कहाँ छन् र कुन अवस्थामा छन भन्नेबारेमा प्रहरीले जानकारी नदिएपछि आफूहरुले मानवअधिकार आयोगलाई पत्र लेखेको उनले समाचार दैनिकलाई बताए ।

आस्थाकै आधारमा झुटा मुद्दा लगाएको र साधरण तारेखमा छुटेका ३ जनालाई पुनः अर्कोे जिल्लाको छुठा मुद्दा लगाएर बेपत्ता पारिएको उनीहरुकाो आरोप छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर