• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 10:17 pm

बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो

ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए।

उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो ।

यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको क्षति भएको छ । पक्की पुल रु १२ लाख र काठको पुल भने रु दुई लाखको लागतमा निर्माण भएको थियो । यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् । तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ । नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राममन्दिर शिलान्यास कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ अयोध्याका लागि प्रस्थान

  • २० श्रावण, २०७७

जनकपुरधाम । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ

कोरोनाका कारण पाल्पामा गाईजात्राको रौनक देखिएन

  • २० श्रावण, २०७७

पाल्पा । परम्परागत सांस्कृतिक महत्तव बोकेको गाईजात्रा पर्व पाल्पामा सामाजिक दुरी कायम गरेर मनाईएको छ । नेवार समुदायले विशेष पर्वका रुपमा रहेको

प्रदेश प्रहरी भवन निर्माण शुरु

  • २० श्रावण, २०७७

हेटौँडा ।  हेटौँडामा बागमती प्रदेश प्रहरी कार्यालय भवन निर्माणको काम थालिएको छ।  ३१ करोडको लागतमा शुरू गरिएको सो भवन साढे चार तलाको १२२ कोठाको