• मंगलबार ४-२७-२०७७/Tuesday 08-11-2020/ 09:25 am

अर्जुनधाराका ५३ कृषकलाई कुटी काट्ने मेसिन

झापा  । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने यन्त्र प्रदान गरेको छ । नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो । नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला खतिवडाले कृषकलाई उक्त मेसिन हस्तान्तरण गरे ।

नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको नगरप्रमुख रानाले बताए । “कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको हो”, उनले भने । 

नगरपालिकाको लागत साझेदारीमा १४ कृषकलाई ‘मिल्क क्यान’ पनि प्रदान गरिएको  छ । त्यस्तै नगर क्षेत्रका अतिविपन्न २० कृषकलाई नगरपालिकाले निःशुल्क कुटी काट्ने मेसिन प्रदान गरेको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीमा पानीको सतह बढ्यो, सचेत रहन आग्रह

  • २७ श्रावण, २०७७

कर्णाली । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ ।  कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली

जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो

  • २७ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत

कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित एक जनाको मृत्यु

  • २७ श्रावण, २०७७

बाँके । मेडिकल कलेज कोहलपुरमा एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ ।  अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख