नेपाल लगायत दक्षिण एसियाली देशमा मनसूनी बाढीको कहर [फोटोफिचर]
काठमाडौं । हिजोआज दक्षिण एसियामा भयानक मनसूनी वर्षा भइरहेको छ । एक साता लामो समयदेखि भइरहेको वर्षाका कारण व्यापक बाढी र पहिरोबाट सयौँको जन र ठुलै मात्रामा धनको क्षति भइरहेको छ ।
नेपालमा केही सातायता परिरहेको वर्षासँगै बाढी–पहिरोमा परी डेढ सयभन्दा बढी ज्यान गइसकेको छ भने मनसूनी वर्षाबाट सबैभन्दा प्रभावित देश बङ्गलादेशमा बाढीका कारण ८१ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या १११ पुगेको छ भने तीस लाखबढी प्रभावित बनेका छन् । त्यस्तै नेपालका नदीमा पानीको बहाब खतराको स्तरभन्दा माथि पुगेसँगै भारतको बिहार राज्यका थुप्रै गाउँ पानीले भरिएका छन् ।
बङ्गलादेशका अधिकारीहरुले एक विस्तारित आपत्को चेतावनी दिएका छन् । बङ्गलादेशको बाढी अनुमान तथा चेतावनी केन्द्रका उपप्रमुख उदोय रायहानले एएफपीसँग भने, ‘२० दिनदेखि बाढी आउने क्रम जारी छ र अब कम्तिमा दुई सातासम्म रहने सम्भावना छ ।
प्रतिकृया दिनुहोस