• सोमबार ४-१९-२०७७/Monday 08-03-2020/ 08:50 pm

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

कञ्चनपुर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ उनले भने, “राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ ।” सुरक्षाकर्मीको टोली वडा कार्यालयमा भर्खरै पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष सिंहले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

  • १९ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश दुइको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण देखिएको छ । ६ कर्मचारी सहित ३० जनामा कोरोना संक्रमण देखिएको

बाढीमा मृत्यु भएका परिवारलाई भजनी नगरपालिकाको राहत

  • १९ श्रावण, २०७७

कैलाली । कैलालीको भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ।  १४ साउनमा आएको बाढीमा परी मृत्यु भएका

बाग्लुङमा पहिरोका कारण १३ घरपरिवार विस्थापित

  • १९ श्रावण, २०७७

बागलुङ । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला