• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 10:03 pm

मधुश्रावणी : शिक्षा र मनोरञ्जनको पर्व

जनकपुरधाम । मिथिलाको लोकपर्व मधुश्रावणीको आज अन्तिम दिन ।

मिथिलानी नवविवाहिता महिलाहरु पूजा अर्चना गरी सम्पन्न गरेका छन् । साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ हुने यो पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्दछ । १४ दिनसम्म  मनाईने मधुश्रावणी खास गरी मिथिलाका नवविवाहिता महिलाका लागि विशेष पर्वको रुपमा रहेको छ । 

तिथिको गणनामा थपघट भएपछि सोही अनुरूप यो पर्वको अवधिमा पनि हेरफेर हुने गर्दछ । मिथिलाको यो लोकपर्व बेहुलीहरुले विशेष गरी माईतीमा मनाउने गर्दछन् । यस पर्वमा बेहुलीको अतिरिक्त अन्य महिला र युवतीहरु सहभागी हुने गर्छन् । यस पर्वमा खास गरी माता गौरी, महादेव र नागदेवता ९विषहरा० को पूजाको अनुष्ठान गरिन्छ । 

..................
मधुश्रावणी पर्वको विधि

मिथिलामा माता गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीको रुपमा पूजा गर्ने चलन रहेको छ ।  मधुश्रावणी पर्वका लागि व्रतार्थी (नवविवाहिता महिला) श्रावण कृष्ण चतुर्थीको दिन नुहाई धुवाई गरी चोखो हुने गर्छन् । 

सोही दिन नवविवाहिता महिलाहरुका साथै टोल छिमेकका अन्य महिलाहरु मिथिलाका विभिन्न लोक गीतहरु गाउँदै, हँसी ठट्टा गर्दै फूल टिप्न जाने गर्दछन्, जसलाई मिथिलामा फूललोढ़ी भन्ने गरिन्छ । टिपिएका फूल तथा बेलपत्रहरु भोली पल्ट माता गौरी र महादेवलाई चढाउने गरिन्छ । यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा रहेको पाईएको छ । 

त्यसपछि साँझमा माता गौरीका लागि नैवेद्य तयार गरिन्छ, त्यस समय बेसारलाई माता गौरीको प्रतिक प्रतिमास्वरुप बनाएर पानको पातमा राख्ने गरिन्छ जसलाई मैथिली भाषामा गौर भन्ने चलन छ । 

यसका लागि छरछिमेकका महिलाहरुलाई निम्तो समेत दिईन्छ र महिलाहरुले मधुश्रावणीमा हुने विभिन्न विधि विधानहरुको महत्व र विशेषता झल्किने खालका लोक गीतहरु गाउने गर्दछिन् । यस पर्वमा मिथिलाको लोक गीतहरु गोसाउनि गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबरगीत आदि गाईने गरिन्छ ।

मधश्रुावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव–पार्वतीको पारिवारिक परिवेश सम्बन्धी आख्यानहरुको चर्चा गर्ने गरिन्छ । जसले गर्दा मनोरञ्जनात्मक परिवेशको निर्माण समेत हुने गर्दछ पूजाको समयमा । 

गौरी नैवेद्य र गौरीको प्रतिमा नवविवाहिता महिलाको माईती र ससुराली दुबै ठाउँ बनाईने गरिन्छ । यो पर्व खास गरि माईतीमै मनाईने भएकाले ससुरालीमा बनाईएको गौरीको प्रतिक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ ।

यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साड़ी, श्रृगांरका सम्पूर्ण सामग्रीका साथै १५ दिनसम्मका लागि अन्न समेत पठाउने चलन रहेको मधुश्रावणीको कथा वाचन गर्ने सच्ची देवीले बताईन् ।  

उनका अनुसार श्रावण कृष्ण पञ्चमीका दिन व्रताथीहरु स्नान गरी नववस्त्र धारण गरेपछि कुलदेवतालाई प्रणाम गर्दै पूजा हुने स्थानमा विशेष प्रकारको अरिपन बनाईएको स्थानमा बस्ने गर्छिन् । 

त्यसपछि त्यहाँ पाँच वटा नागदेवताको आकृति बनाईने गरिन्छ । विशेष प्रकारको अरिपनमाथि पूजा सामाग्री समेत राख्ने गरिन्छ । यसमा कलशका साथै एक सय आठ स्थानमा नाग देवताको आकृित बनाईएको हुन्छ । त्यसपछि माता गौरीको पूजा गर्दै मधुश्रावणी पूजा आरम्भ गरिन्छ । 

सवर्पथ्रम हाथी माथि गौरको (बेसारबाट बनाईएको माता गौरीको प्रतिक) पूजन गर्ने गरिन्छ ।  यसका साथै पञ्चोपचार पद्धतिबाट गन्धपुष्प धुपदीप ताम्बुल, दूवार्दल, बेलपत्र, नैवेद्य इत्यादिद्वारा विशेष विधिविधानसहित स्वामीपुत्रसहित माता गौरीको पूजा गरिन्छ । पूजा गरेपछि प्रत्येक दिन निर्धारित कथा सुनाईने गरिन्छ ।

कथापश्चात बाचोबीनी नामक मन्त्रविशेष समेत एकपटक सुनाईने गरिन्छ । पूजा समाप्त भएपछि व्रतार्थी कुलदवेतालाई प्रणाम गर्दै आफुभन्दा श्रष्ेठबाट समेत आर्शिवाद लिने गर्छन् । त्यसपछि पूजास्थानमा राखिएको खीरको भागलाई पूजा गर्दै पाँच जना सधवा महिलाहरुलाई खुवाईने गरिन्छ ।

यस विधिलाई मैथिलीमा करोतरि भन्ने गरिन्छ । यस पर्वमा १५ दिनसम्म पूजनकालमा ससुरालीबाट आएको वस्त्र (साडी) मात्रै लगाईने गरिन्छ कथावाचिका सच्ची देवी बताउँछिन् । 

यसरी १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूल अर्थात निर्माललाई अन्त्यमा विसर्जन गरिने प्रावधान रहेको छ । साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधश्रुावणी पर्व समापन गरिन्छ । 

तृतियाभन्दा एक दिन पूर्व व्रतालु बेहुली ९चोखो हुनु०नहाएखाए गरेपछि सोही दिन साँझ फेरी गौरी नैवेद्य पकाउँछिन् । सोही दिन नवविवाहिताहरु टेमी विधिमा शामिल हुन्छिन् । टेमी विधिमा दियोको टुप्पीले नवविवाहितालाई गोडामा पोलिन्छ । बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्ष गराइन्छ । स्पर्ष गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ । 

यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमान्ले भविष्यमा अझै बढी माया गर्ने भन्ने विश्वास रहेको छ । तर नवविवाहिता महिला गर्भवती रहेको पाईए उनीहरुलाई शीतल टेमी दिईन्छ ।  

मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व रहेपनि ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मात्रै मनाउने गर्छन् । पर्वमा जाती, स्थान अनुसार विधिमा विविधता समेत पाइन्छ । जस्तै ब्राह्मण परिवारमा पूजा अवधीभभरी ससुरालीबाट आएको अन्न मात्रै खाने प्रचलन छ । तर अन्य जातीमा भने सो प्रावधान पाइंदैन ।

..............
मधुश्रावणी पर्वको महत्व

अवधीको दृष्टिले यो पर्व मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व हो । भगवान् शंकरलाई मिथिला क्षेत्रमा त्रिभुवननाथ भनी आस्थाका साथ पूजा गरिन्छ । आशुतोष शंकर मनोवाञ्छित फल पद्रान गर्ने देवताको रुपमा पूजित छन् । मधुश्रावणी पर्वमा विशेष रुपमा नाग देवतालाई विषहराको नामले पूजा गर्ने गरिन्छ । 

विषहरालाई महादेवको सन्तति सरह मानिएकोले यो पर्व गर्नाले सर्पको भय नहुने र भगवान शंकर समेत प्रसन्न हुने जनविश्वास रहेको पाइन्छ । 

मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट समेत महत्वपूर्ण रहेको नेपाल नाट्य संगित कला प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झा बताउँछन् ।

पर्व अन्तर्गत वाचन गरिने कथाहरुमा सृष्टितत्व, पृथ्वीको जन्म आदिको वर्णन पाइनुका साथै जीवन, प्रारब्ध, कमर्पmलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरुलाई समेत लोककथाको माध्यमले सुनाइने गरिन्छ । 

हुनत यो पर्व सामाजिक दृष्टिकोणले समेत अति नै महत्वपूर्ण रहेको छ । पर्वका कथाहरुमा भगवान शंकरको पारिवारिक जीवन सम्बन्धी कुराहरु, विवाह, भगवान शंकर र माता गौरीको दाम्पत्य जीवनको प्रसंगका साथै समाज र परिवारमा ईष्र्या, द्वेष, सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम९वासना०, मनोरञ्जन, दाम्पत्य प्रेम, पारिवारिक कर्तब्यबोध इत्यादिको वर्णन गरिएको हुनाले यो पर्व शिक्षाको दृष्टिले समेत महत्वपूर्ण रहेको रमेशरञ्जन बताउँछन् ।

रञ्जन भन्छन्  ‘मिथिलाको परम्परागत समाजमा कन्यादान गर्ने बेलामा बेहुलीको उमेर प्रायः किशोरावस्थाकै हुनाले समाज वा परिवारको प्रौढ महिलाद्वारा कथाको माध्यमले यी गम्भीर तथा अत्यावश्यक कुराहरुको विषयमा ज्ञान पद्रान गर्नु अति विशिष्ट पक्ष रहेको छ । पर्वमा महिलाहरुको मात्रै सहभागी हुनाले नवयावैनाहरुलाई जीवनोपयोगी शिक्षा उपयोगी विधिबाट पाठहरु सिकाइने गरिन्छ जसकारणले उनीहरु मानसिक र शारीरिक दूबै हिसाबले गृहस्थ जीवन यापन गर्न सकोस् ।’

...............
नवविवाहिताका लागि शिक्षा र मनोरञ्जनको पर्व

फुललोढ़ी पर्वले मनोरञ्जनात्मक संयोग जुराई दिएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की नवविवाहिता पूजा झा बताउँछिन् ।

उनी भन्छिन् ‘ एकै ठाउँमा बसेपनि कार्य व्ययस्ताका कारण हामी एकसाथ बसेर कुरा गर्न सकिरहेका हुँदैनौ तर यो १५ दिनको पर्वले यो अवसर समेत जुराई दिएको छ ।’

मधुश्रावणी मनोरञ्जनात्मक त छदैछ साथै यसले मैथिल विधिविधान समेत सिकाउँछ वडा नम्बर १२की ज्योती झाले बताइन् । उनले भनिन् ‘ कतिपय मैथिली संस्कारको विधिविधानको बारे मैले जान्ने अवसर पाउने भएकी छु’ । उनले अगाडी भनिन् ‘ साथै यस पर्वले एक नारी कतिसम्म सहनशील धैर्यवान् हुन सक्नुपर्छ भन्ने कुराको ज्ञान समेत प्रदान गरेको छ’ । 

फुललोढ़ीमा साथीसंगीहरुसँगै विभिन्न मनोरञ्जनात्मक लोक मैथिली गीतहरु गाउँदै बाटो बाटो डुल्दै अर्काको बारीबाट फूल टिप्नुले बालपनको आभाष गराउने गरेको ज्योतीले बताइन् । 

पर्वमा शामिल नवविवाहिताहरु यो पर्वबाट हामीलाई खुलापनको आभाष तऽ गराउँछ तर यसका साथै पारिवारिक लोकलाजको विषयमा समेत शिक्षा प्रदान गर्ने गरेको बताउँछिन् । अर्थात मधुश्रावणी पर्व व्रतालुहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै जीवनोपयोगी शिक्षा दिने उत्कृष्ट पर्व हो । 

मिथिला समाजलाई संकुचित समाजको रुपमा प्रस्तुत गर्ने गरिन्छ । रमेशरञ्जन भन्छन्,  ‘मधुश्रावणी मात्रै पर्व होइन, यो पर्वको माध्यमले नवविवाहिता महिलाहरुलाई यौन शिक्षा समेत दिइने गरिन्छ ।’

यसले मिथिला समाज संकुचित नभई पहिलेदेखि नै विस्तारित रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नाजीहरुद्धारा हत्या गरिएका एक यहुदी कम्युनिस्ट वेर्नर स्कोलेम

  • ९ श्रावण, २०७७

सन् १९४०, १७ जुलाईका दिन यहुदी कम्युनिस्ट वेर्नर स्कोलेमको बुकेनवाल्डमा शिविरमा हत्या गरिएको थियो । समाजवाद र लोकतन्त्रका एक च्याम्पियन, उनको जीवन

सादगी जीवनका विद्रोही बर्मन बुढाले आर्जेको थबाङ

  • ७ श्रावण, २०७७

– कछाडसँगै संसद भवन छिर्दाको त्यो विद्रोही स्वभाव ।  – बर्मन बुढा २०१३ सालेदेखि निरन्तर कम्युनिस्ट बनेर जिउनुभयो : मोहनविक्रम सिंह । –

‘जिहादी दुलही’ समिमा बेगम

  • ५ श्रावण, २०७७

काठमाडौं । परिस्थितिले कहिलेकाहीँ सोच्दै नसोचेको र अनौठो अवस्था सिर्जना गरिदिन्छ । सन् २०१९ को फेब्रुवरी माहिनको तेस्रो हप्तामा प्रकाशित र प्रसारित