• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 10:50 pm

चीनले लञ्च गर्यो आफ्नो महत्वाकाँक्षी मंगल यान 

तस्विर : सिन्हुवा

वेनचाङ । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । 

संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ । चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (स्वर्गको जिज्ञासा) राखेको छ । 

चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए ।

साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए ।

पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ । यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् । 

हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरिक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए । उनले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताए ।

मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ । 

तर हेर्न लायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ । चीनले पछिल्ला वर्षहरुमा अन्तरिक्ष खोजमा अमेरिकाको बर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान संचालन गरिरहेको छ । 

अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ । नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष लिएको छ । 

अन्तरिक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको पनि बताए । 

सन् १०्र९६० देखि शुरु भएका मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टिकटकको काउन्टडाउन सुरुः माइक्रोसफ्ट कम्पनीलाई बेचिन ट्रम्पको ४५ दिने अल्टिमेटम

  • १९ श्रावण, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय चिनियाँ सर्ट–भिडियो सेयरिङ एप टिकटकलाई चर्चित कम्पनी माइक्रोसफ्टलाई दिन ४५ दिने समयदिन

अन्तरार्ष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नासाका दुई अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण

  • १९ श्रावण, २०७७

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ

अमेरिकामा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणाप्रति टिकटकले दियो यस्तो प्रतिक्रिया

  • १८ श्रावण, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सेयरिङ एप टिकटक अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने चेतावनीप्रति टिकटकले प्रतिक्रिया दिएको छ