काम खोज्ने कामदारको स्वाब स‌ङ्कलन शुरु

बाँके । नेपालगञ्जको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदूरको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरिएको छ । 

बिहीबारबाट स्वाब सङ्कलन शुरु गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए । कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरेको जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब सङ्कलन गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए । मजदूरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यले समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने बताइएको छ । उनका अनुसार, ३६५ जनाको नाम दर्ता गरेकोमा बिहीबार १३० जनाको स्वाब सङ्कलन गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर