• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

टिकटकको प्रतिबन्धपछि भारतीय एपको मागमा बृद्धि

एजेन्सी । छोटो भिडियो एप ट्रेलका संस्थापक मध्यका एक पुलकित अग्रवाल तीन वर्ष अगाडी लन्च गरेको एपको विषयमा आजभोली निकै उत्साहति छन् । उनी उत्साहित हुनुको कारण भारत सरकारले गरेको निर्णय हो । जस अन्तर्गत गोपनियता र सुरक्षाको कारण देखाउँदै जुन २९ मा चीनको ५९ एपमा प्रतिबन्ध लगाएको थियो । प्रतिन्धको सूचिमा लोकप्रिय वाइटडन्सको टिकटक पनि समावेश छ । जुलाई विश्वकै मूल्यवान स्टार्टपभ भन्निछन् ।

ट्रेलमा दुईदेखि चार मिनेटको भिडियो स्थानीय भाषमा बनाउन सकिन्छ । सुरुवातमा भारतको यस स्वदेशी एपले मनोरञ्जनको सामाग्री प्रस्तुत गरेको थियो । तर पछि महसुस गरियो प्रयोगकर्ताहरु आफ्नो भाषमा अर्थपूर्ण सामाग्री प्रयोग गर्न चाहन्छन् । 

२७ वर्षका अग्रवाल भन्छन् –चीनियाँ एपमा प्रतिबन्ध लागेसँगै ट्रेलका ५ लाखकन्टेन क्रियटर बढेका छन् । उल्लेखनीय रुपमालखाद्द मा भएको भारत र चीन सीमाको विवादका कारण चिनियाँ कम्पनी उत्पादनहरु ज्स्तै अलीबाबा समुहको युसी ब्राउजर र टेन्सेन्ट होल्डिंगको भिच्याट मेसेन्जरमा पनि गिरावट आयो । 

प्रतिबन्धको समयमा भारतमा २० करोड प्रयोगकर्ता थिए । यसका धेरै प्रयोकर्ता अन्य एपको प्रयोगमा लागे । अग्रपाल पनि अगाडी बढ्ने यस मौकालाई आफ्नो हातबाट उम्कन दिन चाहदैन थिए । उनी भन्छन् –‘हामी क्रियटरहरुले के चाहन्छन् भनेर सबै प्रकारका समर्थनहरु सुनिश्चित गर्दै छौँ । हामी आफ्नो दर्शकलाई लक्षित गरेर अधिकतम रुपमा टाडा र एनालिस्क्सि प्रदान गरिरहेको छौँ । ’चिनियाँ एपमा प्रतिबन्ध लागेपछि ट्रेलले पैसा कमाउन सुरु गरेको छ र पाँच चरणमा यसले ५६.९ करोड रुपैयाँ उठाइसकेको छ । अब यसका संस्थापकहरुले प्रयोगकर्ताहरुको रेभेन्यु बढाउन आशा गरेको छ । 

ट्रेल जस्तै अन्य हेकी भारतीय एप पनि यस अवसरको फाइदा उठाउन चाहन्छ । जस्तै फैन्ड्स (टिकटकजस्तै), बोलो इन्डिया (छोछो जानकारी भएको युजर्स भिडियो प्लेटफर्म) , चिंगारी (छोछो भिडियो प्लटफर्म), खबरी (अडियो प्लेटमर्फ), राउटर (खेल तथा खेलकुद लाइभ भिडियो एप) लगायतका रहेका छन् । 

तीन आइआइटियन्सद्वारा विकसित कुकु एफएम एपका दश लाख डाउनलोड चिनियाँ एक प्रतिबन्धको केही दिनमा भएको थियो ।

कुकु एप एमका सह–संस्थापक लाल चन्द बिशु भन्छन् –अर्थपूर्ण साम्रागी खपतको युग चलिरहेको छ । बच्चाहरुले चिनियाँ एप प्रयोग गरेर समय खेर फालिरहेका छन् । हामी चाहन्छौँ समयको प्रभावकारी रुपमा प्रयोग गरेर केही चीज प्राप्त गर्नुहोस् । हामी युट्युब जस्तै एक अडियो प्लेटफर्म हौँ । ’ कुकु एपले ५५ लाख पैसा उठाइसकेको छ । यो बिशुको दोसा्रो उद्यम हो ।  पहिलो उदम शिषा क्षेत्रसँग जोडिएको स्टार्ट –अप थियो । जुत तयाररे गरेका बेचिएको थियो । अब क्षेत्रीय भाषमा पोडकास्टको सम्भावनाहरु अध्ययन गर्न थालिएको छ । उनी भनछन् –यस षेत्रमा केही पनि थिएन । औसत शुनयको समय प्रति युजर ४० मिनेट हो ।’ कुकु एफएम सन् २०१८ मा सुरु भएको हो । अहिले यसले हिन्दी मराठी  र बंबाली भाषमा साम्रागी तयार गरेको छ । 

बिशु भन्छन् – यस एपसँग अहिलेसम्म ८ लाग सक्रिय स्रोता छन् । हामी अझै प्रयोगकर्तालाई आकर्षण गर्ने कोसिस गरिहेका छौँ ।  कम्पनीका अनुसार  टू टायर र थ्री टायर शहरको शीर्ष एपमा कुकु एफएम पनि सहभागी छ । 

गुगल प्लेको शीर्ष चार्ट सूचिमा भारतीय एप रोपोसो मोजे र जोह सामेल छन् । तर एक कुरा बुझन आवश्यक छ , भारतीय एप विकासकर्ताहरुले प्रयोगकर्ता इनटरफेसटेक्निकल अनुभव र संग्लन प्रयोग कर्ताको क्षेत्रमा धेरै काम गर्न आवश्यक छ ।

प्राइसवाटर हाउसकुपर्सका साझेदार अनुराग दुआ भन्छन् –‘हामी यसलाई भारतको लागि अवसरको रुपमा प्रयोग गर्न सक्छौँ । तर यो कुरा हामी कसरी आन्तरिक इकोसिस्टमसँग काम राख्छौँ त्यसमा भर पर्छ । साथै चिनियाँ एपको प्रतिबन्ध कहिलेसम्म रहन्छ कसैलाई थाहा छैन । त्यहाँ सफलताका कथाहरु धेरै छन् । त्यसैले भारतीय एप विकासकर्ताह्रुको समस्या पनि अनगिन्ती छन् । धेरैले प्रयोगकर्ता इनटरफेसमा कोष र शोधनको साथ संघर्ष गर्नुपर्छ । अकोतर्फ ट्रानसफर्मेटिभ प्रस्तावको चुनौती पनि धेरै छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर