• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नाजीहरुद्धारा हत्या गरिएका एक यहुदी कम्युनिस्ट वेर्नर स्कोलेम

सन् १९४०, १७ जुलाईका दिन यहुदी कम्युनिस्ट वेर्नर स्कोलेमको बुकेनवाल्डमा शिविरमा हत्या गरिएको थियो । समाजवाद र लोकतन्त्रका एक च्याम्पियन, उनको जीवन घनिष्ट सम्बन्ध युद्धकालीन जर्मनी वामपन्थको नाटकीय हारसँग बाँधिएको थियो । 

सन् १९४०, १७ जुलाईका दिन कम्युनिस्ट वेर्नर स्कोलेमको गाली हानी हत्या गरियो । जर्मन कम्युनिस्ट आन्दोलनको बाचा र ‘ट्र्याजेडी’लाई दर्शाउने एक जीवनपछि, उनीको मृत्यु बुकेनवाल्ड एकाग्रता शिवरमा एसएस अधिकारी जोहानेस ब्ल्यांकको हातबाट भयो । उनको मृत्युमा उनका भाई गर्शोम स्कोलेम र उनका साथी वाल्टर बेन्जामिनद्धारा शोक व्यक्त गरिएको थियो । 

प्रथम विश्वयुद्धपछिका वर्षहरुमा, वेर्नर स्कोलेम जर्मन कम्युनिस्ट पार्टी (केपिडी)मा सबैभन्दा प्रसिद्ध व्यक्तित्वमध्ये एक थिए । तर चाँडै उनको नाम अन्धकारमा प्रवेश गर्यो । उसको स्वतन्त्रतालाई खोसिएपछि सन् १९३७ मा नाजीहरुले उनको अनुहारलाई पनि लुटेः बलपूर्वक उनको टाउँको एक भाग मुनिचमा यहुदी विरोधी प्रदर्शनी ‘द इटर्नल जिउ’मा देखाइएको थियो । प्रदर्शनीको एक प्रेस तस्विर हामीसँग रहेको उनको अन्तिम तस्विर हो । 

उनको हत्यापछि, केवल परिवारका केही सदस्यहरु र साथीहरुले मत्रै उनको स्मृतिलाई जीवित राखे । उनको कम्युनिस्ट राजनीतिलाईं दृष्टिगोचर गर्दै पश्चिमी जर्मनीमा स्कोलेमको सम्झना गरिँदैन वा मान्यता दिइँदैन । तर पूर्वी जर्मन डेमोक्र्याटिक रिपब्लिकनमा पनि एक आतंकवादीको स्मृतिलाई वेवास्ता गर्यिो, जसलाई ‘अल्ट्रालेफ्ट’(अतिवादी वामपन्थ) मानिथ्यो । सन् १९९० पछि मात्रै यी आकर्षक व्यक्तित्वको स्मरण गरियो – जो स्टालिनवादको विरुद्ध चेतावनी दिने पहिलो जर्मन कम्युनिस्टमध्ये एक थिए । 

शर्तहरुका साथ कम्युनिज्मः
सन् १८९५ मा एक यहुदी उदमी परिवारमा जन्मिएर वेर्नर स्कोलेमले सन् १९१५ मा आफ्नो एसएलसी(माध्यमिक तहसम्मको अध्ययन) पूरा गरेपछि तीन  वर्षसम्म प्रसिया पैदल सेनामा सेवा गर्नु पर्यो । यो युद्धका यस्ता दृढ प्रतिद्धन्द्धीका लागि एक ठूलो दुर्घटना थियो, जो सन् १९१२ मा द सोसियलिस्ट वर्कर्स युटमा अघि बढ्नअघि जर्मन राष्ट्रवाद विरोधमा एक जियोनिस्ट युवा समूहमा सहभागी भएका थिए ।

पहिलो विश्वयुद्धका दौरान, स्कोलेमलाई ‘ब्रेमेन लेफ्ट रेडिकल्स’का साथ सहानुभूति दिइयो, ‘ब्रेमेन लेफ्ट रेडिकल्स’ एक राजनीतिक धार जसले सामाजिक–लोकतान्त्रिक आन्दोलनभित्र पक्षघात र सुधारवादको तिखो आलोचना गर्यो । तर, सन् १९१७ मा उनले त्यहाँको ‘इन्डिपेन्डेन्ट सोसियल डेमोक्र्याटिक पार्टी’(युएसपिडी) प्रवेश गरे – यो पार्टी युद्ध विरोधीहरुको एक संगठन थियो, जसले रोजा लक्जेम्बर्ग र अत्याधिक सुधारवादी व्यक्तिहरु दुवै गरी आमूल परिवर्तन चाहानेहरु सहभागी गराएको थियो । स्कोलेमले युएपिडी पुरै वामन्थीमा परिवर्तन हुनेमा आशावादी थिए, तर उनले चाँडै नै यसको विभाजन देखे । 

अस्थिर बाधाहरु ‘२१ बुँदे शर्तहरु’बाट आयो, जुन बोल्सेभिक्सले सबै पार्टीहरुमाथि लगाएका थिए, जो कम्युनिस्ट इन्टरनेशनल ‘कोमिनटर्न’को हिस्सा बनाउन चाहान्थे । सन् १९२० अक्टोबरमा युएसपिडीका वामपन्थी दलले यी शर्तहरुका लागि मतदान गरे र यसरी केपिडीमा एकता भए, जसको स्थापना एक वर्षअघि मात्रै भएको थियो र जसमा ब्रेमेन लेफ्ट रेडिकलले पनि भाग लिएका थिए । यस विन्दुमा पहिलो पटक कम्युनिज्म एक जन–आन्दोलन बनेको थियो, जसमा एकजुट केपिडीले लगभग ३ लाख सदस्यलाई बढाएको थियो । तर अधिकांश श्रमिक वर्ग एसपिडीलाई पछ्याइरहेका थिए । 

यी परिस्थितिहरुमा केपिडीले एक दुविधाको सामना गर्नुपर्योः के यी मजदुर वर्गका ती वर्गहरुले मिलेर आन्दोलन गर्नु पर्याप्त थियो जो युद्ध र क्रान्तिमा कट्टरपन्थी बनिसकेका थिए ? के यसले अल्पसंख्यक अगुवाको रुपमा क्रान्तिको अर्को लहरको नेतृत्व गर्नेछ ? वा पूँजीवाद स्थिर बन्नेछ, ताकि परिवर्तनको लामो अवधिको आवश्यकता हुन्छ र सुधारवादी व्यापार–संघ संघर्षहरुको गहनता ? 

केपिडीमा वाम विपक्षः
सन् १९२१ बाट, पार्टीका नेता अर्नस्ट थेलमनले जस्तै, स्कोलेम ती व्यक्तिहरुमध्ये एक थिए जसले सोसियल–डेमोक्रयटिक आन्दोलन र ट्रेड युनियनहरुसँग मिलेर काम गर्ने विरुद्ध चेतावनी दिएका थिए । बर्लिन र हामबर्गमा यी सन्देहवादीहरु विस्तारै–विस्तारै ‘वाम विपक्ष’को गठन गरे । अब यहाँ ‘वाम’को अर्थ कुनै सुधारवादी नीतिको विरोधी थियो । स्केलेमका अनुसार, उनीहरु केपिडीको ‘कम्युनिस्ट अनुहारको संरक्षण’ गर्न चाहान्थे । यसको अर्थ आंशिक मागहरुलाई अीसवकार गर्नु र संसदमा कारवाहीका साथ एक सहायक सम्बन्धलार्य अंगाल्नु भन्ने थियो, जसलाई केवल आन्दोलनका लागि एक मञ्चको रुपमा प्रयोग गरिनुथियो । 

यद्यपि, पार्टीको स्वरुपमा उनीहरुको विचारको सन्दर्भमा यी वामपन्थीहरु केन्द्रिय थिए । उनीहरुले लेनिनको ‘२१ बुँदे शर्तहरु’लाई समर्थन गरे र कोमिनटर्नको पार्टीहरुबाट सबै सुधारवादी तत्वहरुको बहिष्कार गर्ने उनीहरुको माग थियो । यी ‘नयाँ वाम’ले स्पष्ट रुपले आफूहरुलाई अर्को पिँढीको सिन्डिकेट वामपन्थीहरुबाट टाढा बनाएका थिए, जो आधार–संघ र संघीय सांगठनिक मोडलको पतिनिधित्व गर्थे र उनीहरुलाई सन् १९१९ मा केपिडीबाट निष्कासित गरिएको थियो । बरु यी नयाँ वामहरुले नोभेम्बर क्रान्तिको सुधारवादी विरोधीका साथ संगठनात्मक केन्द्रियवादलाई जोड्ने प्रयास गरे – एक लेलिनवादी वामपन्थी कट्टरपन्थीवाद जस्तै । 

क्रान्तिमा असफल प्रयासका साथ सन् १९२३ मा जब केडिपीमा उथलपुथल आयो, त्यस समय स्कोलेम र वाम विपक्षीसँग मौका थियो । ठूलो मात्रामा समर्थनको कमीका कारण विद्रोहको योजनाको रुपमा ‘जर्मन अक्टूबर’को अग्रिम रुपले रद्द गरिएको थियो – र हामबर्गमा जहाँ लडाई नभईकन पनि ३ सय कम्युनिस्ट विद्रोही पूर्णरुपल अलग–थलग बने । 

यद्यपि, क्रान्तिकारी अगुवावाद यसरी विफल भएको थियो, कट्टरपन्थी वामपन्थीले उक्त स्थितिमा लाभ उठाउन सक्थे । ढिला नगरी उनीहरुले पार्टीका नेता हेनरिच ब्रान्डलरलाई क्रान्तिको विफलताका लागि बलिको बोका घोषित गरेः उनले अन्तिम समयमा यसलाई रद्द गरेका थिए र त्यसैले धोका भयो । वास्ताविकतामा ब्रान्डलरले टाढैबाट देखिने हारको एक स्पष्ट रुपले अनुहारमा धागोको फूर्को तानेका थिए । यस उथलपुथलको मुख्य कारण अर्नेस्ट थलमन थिए जसले हामबर्गमा विद्रोह उत्पन्न हुन अनुमति दिएका थिए, यस विद्रोहले न केवल मानव जीवनहरुको मात्रै मूल्य चुकाएन, सन् १९२४ मार्चसम्म केपिडीलाई प्रतिबन्ध पनि लगाइदियो । 

फेरि पनि असफलताले रेडिकल्सहरुलाई फाइदा पुर्यायो, उनीहरु धेरैजसो उदारवादी र व्यापार संघका सदस्य थिए जसले विरोधबाट राजीनामा दिएका थिए, उसलाई उनीहरुले एक विद्रोहको एक गैर–जिम्मेवार प्रयासको रुपमा देखेका थिए । बर्लिन विपक्षबाट रुथ फिस्चर, अर्काडी मास्लो र वेर्नर स्कोलेमका सार्थ हामबर्गबाट थलमन पार्टीको शीर्ष स्थानमा पुगे ।

‘बोल्शेभिकरण’को एक उत्सुक समर्थकः
मास्लो गिरफ्तार भएपछि वेर्नर स्कोलेम र रुथ फिस्चरले सन् १९२४ एप्रिलमा पार्टी सुरु गरे । केपिडी तन्त्रको प्रमुखको रुपमा स्कोलेमले पार्टीको एक केन्द्रीयकरण ‘बोल्शेभिजसन’को सुरुवात गरे, जसमा केपिडीमा धेरैभन्दा धेरै अनुशासन स्थापित गर्ने र बिग रसियन ब्रदरको सीमाहरुका साथ एक चुस्त क्रान्तिकारी एकाईमा स्थापित गर्ने योजना थियो । 

उनले ती प्रतिनिधिहरुबाट छुटकारा पाउन कुशलतापूर्वक ‘स्टाफिङ कटिङ’को प्रयोग गरे जो एक संयुक्त मोर्चा र एक ट्रेड–युनियन उन्मुख नीतिको पक्षधर थिए । यस बाहेक, केपिडी–नियन्त्रित जिल्लाहरु निश्चित संख्याका साथ एकत्रित भए जो मुख्यालयप्रति इमान्दार थिए । स्कोलेम जो वर्षौँसम्म बर्लिन जिल्लाको नेतृत्वको विरोधमा थिए, उनी नयाँ विरोधीहरुलाई पंक्तिबाट माथि उठ्नबाट रोक्न चाहान्थे । 

तर यस बोल्शेभिकरण नीतिका बाबजुद पनि नयाँ नेतृत्वको मस्कोसँग राम्रो सम्बन्ध बनेन । कमिन्टर्नका प्रमुख ग्रिगोरी जिनोभिइभलाई वामपन्थी कट्टरपन्थीद्धारा केपिडीलाई कमजोर पार्ने आशंका थियो, जसबाट जिनोभिइभलाई फरक संघर्षको चपेटामा पार्योः लेलिनको सफलताका लागि लडाई, जसको सन् १९२४ जनवरीमा स्ट्रोकका कारण मृत्यु भएको थियो । अब जिनोभिइभले स्टालिन विरुद्ध ‘थर्ड इन्टरनेशन’(विश्व कम्युनिज्मको वकालत गर्ने संगठन जसको स्थापना भ्लादिभिर लेलिनले गरेका थिए)लाई संगठित पार्ने प्रयास गरे, जो रुसी पार्टी तन्त्रमाथि हावी थियो र जर्मन वामपन्थीलाई समर्थन गरे । 

केपिडीले आफूलाई बलियो बनायोः स्कोलेमले भत्काइएका संरचनाहरुलाई पुनःनिर्माण गर्न र पार्टीको अर्थलाई पुनर्गठन गर्नमा सफल भए । यद्यपि, विपक्षी चाँडै नै आफ्नो स्वर्यको हठधर्मिताका शिकार भए । अर्थव्यवस्था स्गिर भयो र सामाजिक लोकतन्त्र र रुढीवादीबीच मुड खराब बन्यो । सन् १९२५ को राष्ट्रपति चुनावमा यो स्पष्ट भइसकेको थियो, जब केपिडीले दुवै राउन्डमा ‘रातो राष्ट्रपति’को रुपमा अर्नेस्ट गलमनलाई आफ्नो उम्मेदवार बनायो । उनल लगभग ६ प्रतिशत समर्थनका साथ दुवै पटक पराजित भएका थिए र राजशाहीवादी पल भोन हिन्डनबर्ग गणतन्त्रको राष्ट्रपति बने । स्कोलेम र थलमनले भगुवा प्रतियोगितामा एसपिडीलाई समर्थन गर्नबाट कडा रुपले अस्विकार गरे । उनीहरु खाली चतुर्याँईका कारण केपिडिको आफ्नो ‘कम्युनिस्ट अनुहार’लाई लुकाउन चाहादैँन भन्थे ।

स्कोलेमले लोकतन्त्रको उजागर गर्छन्ः
सन् १९२५ को चुनावी हारले अन्तत केपिडी विरुद्ध कमिन्टर्नमा परिवर्तन भयो र नेतृत्व भित्रको आन्तरिक विभाजन चाँडैँ नै स्पष्ट भयोः अ मास्लो र रुथ फिस्चरले हिन्डेनबर्ग विरुद्ध सामाजिक लोकतन्त्रका साथ एकजुट मोर्चालाई समर्थन गरे । वेर्नर स्कोलेमलाई अलग बनाइएको थियो । विरोधाभासी रुपले यी सबैमा विजेता थिए थलमन – असफल चुनावी अभियानमा ‘रातो राष्ट्रपति’ । 

थलमन आफैलाई राजभक्तिमा परिवर्तन गरे र रुसी ‘स्टालिन फ्याक्सन’का साथ आफ्ना पुराना कम्रेडहरुलाई दौडबाट बाहिर निकाल्न सफल बने । उनका लागि स्कोलेम र फिस्चरबीच तनाव उत्पन्न गराउँन सहयोगी बन्यो । 

केपिडीले सुधारका लागि मागहरुको सम्भावित मौलिक प्रभावलाई पनि देखायो । महानताको प्रचारको यसको अभियानले मास परिचालनका लागि बेजोड क्षमताका साथ एक जनमत संग्रहलाई प्रेरित गर्यो । तर केपिडीको वामपन्थी पार्टी अलग रह्यो र थाहा छैन यसको आलोजना कहाँबाट सुरु गर्नुपर्छ ।  अन्ततः थलमनको अधिनायकवादी नेतृत्व शैली, जसलाई स्केलम आफैँले प्रस्तुत गरेका थिए र थलमनको अवसरवादी परिवर्तनले पनि फिश्चरको समर्थन गर्यो ।

सन् १९२५ मै स्केलेमलाई केपिडीको नेतृत्वबाट हटाइयो र सन् १९२६ नोभेम्बरमा पार्टीबाटै निष्कासित गरिएको थियो । विगतमा उनले मस्कोमा थर्ड इन्टरनेशनलको पूर्ण सत्रमा पार्टी लोकतन्त्रको उन्मूलनको असफल विरोध गरेका थिए । उनका पूर्वसहयोगी स्टालिनले टिप्पणी गर्दै भनेः ‘स्कोलेम आन्तरिक पार्टी लोकतन्त्रको विरुद्ध हुने गर्थे । अब उनी असीमित लोकतन्त्रको वकालत गरेर अर्को चरम स्तरमा गए, जुनै कुनै पनि चीजबाट सीमित छैन । भगवानले यस्तो लोकतन्त्रबाट हामीलाई बचाइराखोस् । यो बिना करण हुँदै होइन भन्ने एउटा रुसी भनाई छः मूर्खलाई प्रार्थना गर्न दिनुहोस् र ऊ आफ्नै टाउँको फुटाउँछ ।’

स्कोलेम जसले केपिडीको ‘बोल्शेभिकरण’को सुरुवात गरेका थिए, अब उनले अरुले उनको काम जारी राखिरहेका छन् र एक अर्को चरणको सुरुवात गरे भनेर हेर्नु थियो – जसलाई इतिहासकार हरमन वेबरले शब्द मिलए ‘स्टालिनकरण’ । सन् १९२७ का दौरान जब सोभियत संघ र जर्मनी दुवैमा शुद्धताको लहरुले कम्युनिस्ट श्रेणीहरुभित्र सबै आलोचकहरुलाई चुप गराए, तब केवल स्कोलेम र उनका कम्रेडहरुले मात्रै आफ्नो समाचार पत्र ‘फाहने देस कोम्युनिज्मस’ मार्फत् स्टालिनवादको अनादर गरे । उक्त समाचार पत्र पूर्व‘अल्ट्रा’वामहरुका लागि मुखपत्र बन्यो, जसले लेलिनबन्ड नामक एक नयाँ पार्टीमा आफूलाई संगठित गरे । 

इटालीको कम्युनिस्ट पार्टि (पिसिडिआई)का संस्थापक अमाडियो बोर्डिगाका साथ यी जर्मन वामपन्थी आमूल परिवर्तनकारीहरुले स्टालिनवादको माक्र्सवादी आलोचकहरुको पहिलो पीढि गठन गरे । सन् १९३७ का ‘ग्रेट पर्ज’अघि दश वर्ष उनीहरुले पुराना क्रान्तिकारीहरुको विघटन र गिरफ्तारीको आलोचना गरे र उनीहरुले ‘स्टालिनवाद’ शब्दको मोहर लगाए । यद्यपि, उनीहरुले सँधै सोभियन संघ (हालको रुस)लाई सुधारवादको आफ्ना आलोचकहरुको लेन्सबाट हेरेः स्कोलेमले स्टालिनलाई एक संशोधित सामाजिक लोकतन्त्रको रुपमा अपमानित गरे जसले रुसमा एक प्रकारको मूर्ख राज्य–पूँजीवाद स्थापित गर्नेछ । 

स्कोलेम र बार्डिगाको आलोचना, जुन त्यति व्यापक रुपले फैलिन सक्दैन थियो, लाई विशुद्ध नकारात्मक ‘सुधारवाद विरोधी’को रुपमा तयार गरिएको थियो र यसको उद्देश्य लेलिनवादको पुरानो अग्रवादी अवधारणालाई बहाल गर्ने थियो । उनीहरुले स्टालिनको नीतिहरुको सामाग्रीमाथि आलोचना गर – तर खाली पार्टी लोकतन्त्रको उन्मूलनको आलोचना गरे । 

सन् १९२८ मा जब स्टालिनले वाममा एक मोड सुरु गरे र सामाजिक लोकतन्त्रलाई आफ्नो मुख्य शुत्र भनी घोषणा गरे, आलोचकहरु मौन रहेः वेर्नर स्कोलेम र रुथ फिस्चरले लेलिनबन्डबाट राजीनामा दिए र केपिडीको चुनावको आह्वान गरे । सन् १९३० वरपर माबै लिओन ट्रोट्स्कीको प्रभावमा लेलिबन्डमा एक अर्को पिढीले पुरानो सिद्धान्तलाई त्याग गरे र नाजीहरुको उदयको प्रकाशमा सामाजिक लोकतन्त्र र कम्युनिज्मबीच एक संयुक्त मोर्चाको आह्वान गरे ।

के रह्यो बाँकी ? 
जर्मन कम्युनिस्ट पार्टी लामो समयसम्म रह्यो जसका लागि वेर्नर स्कोलेमले आफ्नो जीवन समर्पित गरे । हालको सोशियल डेमोक्र्याटिक पार्टी त्यस समयको आफ्नो आकार र प्रभावको तुलनामा लगभग अपरिचित नै बनेको छ । शब्द ‘अल्ट्रालेफ्ट’को अर्थ स्कोलेमको जीवनकालभन्दा आज बेग्लै छ । तर उनको राण्नीतिक बुझाई र पार्टिमा उनको भूमिकाका बारेमा के भन्न सकिन्छ त ? 

निश्चित रुपले एसपिडी सुरधारवादको ‘अल्ट्रालेफ्ट’(अतिवामपन्थी)को आलोचना उचित थियोः वेइमार रिपब्लिक यस तथ्यबाट पीडित थियो कि संसदीय लोकतत्रको एक पातलको तहमा वास्तवमा राज्य प्रशासन, सैन्य, न्यायपालिका र स्कूल प्रणालीमा राजतन्त्रवादी–सत्तावादी शक्तिहरुलाई कहिल्यै विस्थापित विस्थापित गर्न सक्दैन । सामाजिक लोकतान्त्रिक आन्दोलनको आजीवन झुट यही तथ्यलाई वेवास्ता गर्नमा सहभागी थियो – सन् १९३२ मा पनि जबकि यो प्रशियामा एक तद्यतापलटद्धारा सत्ताको सबैभन्दा महत्वपूर्ण केन्द्रहरुबाट सञ्चालित गरिएको थियो (सबैभन्दा ठूलो राज्य), यसले एकाई परिवर्तन गरेको थिएन । 

प्रशियाली कूको पछाडि सत्तावाद एक शून्य अन्तरमा विकसित भएन । कुलिनता र ठूला उद्योगका मालिकहरुले खाली कम्युनिज्म विरुद्ध मात्रै हौयन लोकतन्त्रको विरुद्ध पनि आफ्नो आर्थिक विशेषाधिकारको बचाउ गरे । विशेषगरी सन् १९३९ पछि वेइमर रिपब्लिकको अन्तिम चरणमा पुनर्वितरणको माध्यमबाट विश्व आर्थिक संकटलाई नियन्त्रण गर्नका लागि कुनै पनि प्रकारको कुलीनहरुलाई सहभागी गर्नु सम्भव थिएन । यसको विपरितः कठोरताको एक नीति कर्मचारीहरु, श्रमिक, स्वरोजगार र बेरोजगारहरुको सेनामा संकटको लागत लगायो । 

सन् १९२५ कुलीन वर्गका सम्पतिको निष्कासनमा असफल जनमत संग्रहले एक काउन्टर दिशा देखाएको थियोः सम्पत्तिको पुनर्वितरण एक सत्तावादमा आयोजित गर्नु थिएन, बरु समाजभित्रै बाट लोकतान्त्रिक तरिकाले गरिनुपर्ने थियो । यद्यपि, अल्ट्रालेफ्टहरु यस सम्बन्धलाई सही तरिकाले बनाउनमा असमर्थ थिए । यो क्रान्तिको एक सैन्य दृष्टिमा आधारित थियो जसको पूर्ववर्ती बोल्शेभीकरण र सन् १९१७ को रुसी क्रान्तिमा निहित थियो । 

यस कारणले अतिवामपन्थीको सामाजिक विश्लेषणले रुसमा जारिस्ट साम्राज्य र वेइमर लोकतन्त्रको स्थितिका बीच अन्तर देखाउन सकेन । सम्भव भएसम्म आमूल परिवर्तनकारी हुने आफ्नो प्रयासमा यसले वास्ताविकताको एक विकृति दृष्टिकोण बनाए । यसको सुधारवाद विरोधी थिएन, त्यसैले सुधारहरुको एक ठोस आलोचना गरिरहिएको थियो वा त निक्कै अस्पष्ट वा कमजोरी थियो, तर सुधारको सबै मागहरु अस्विकृति थियो । त्यसैले यसको राजनीति केवल निन्दा गरिएकोमध्ये एक थियो जस्तो कि सिद्धान्तमा सुधारहरु विरुद्ध छन् – एक मृत–अन्त्य भएको गोरेटो जुन पछि जर्मनी वाममा पनि जारी रह्यो । 

स्कोलेम र जर्मनीको अल्ट्रालेफ्टको दुखद भाग्य यो थियो कि उनीहरुको हठधर्मिताको माध्यमबाट उनीहरुले तीन व्यक्तिहरुलाई सत्तामा आउन मद्दत गरे जोसँग आफ्नो पदहरुलाई स्थानान्तरित गर्नमा कुनै पछुतो नै थिएन । सन् १९२८ मा स्टालिनले १८० डिग्रीको कोणमा अल्ट्रालेफ्टको सबै वाक्यांशहरुलाई सम्हाले । उनका युद्धाभ्यासमा विशुद्ध शक्ति–राजनीतिक प्रेरणाहरु थिएः उनीहरुले कमिन्टर्नबाट संयुक्त मोर्चाको विरोधीहरुलाई हटाउनका लागि एक बहानका रुपमा काम गरे । तैपनि पुराना अल्ट्रलेफ्टहरुलाई फेरि मोडमा ल्याइएको थिएन – सबै स्वतन्त्र सोच भएका कम्युनिस्टहरुबाट छुटकारा पाउनु थियो । 

सन् १९२५ पछि वेर्नर स्कोलेमसँग आफ्नो आसन फिर्ता गर्ने र स्टालिनको पक्षमा उभिनका लागि थुप्रै मौका थिए । उनका सहकर्मी थलमनले यस अवसरको फाइदा उठाए – उनी वामपन्थीबाट संयुक्त मोर्चाको इकाईमा परिवर्तन गरे र फेरि अतिवामपन्थीमा फर्किए । तर स्कोलेम अन्यै निर्णय लिए र आफ्नो विचारमा अडिक रहे । उसका लागि उनलाई पहिल समाजबाट निकालियो र त्यसपछि बिर्सिइयो ।

-एजेन्सीको सहयोगमा गिता सुब्बाको अनुवाद । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर