• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

लकडाउनका कारण पृथ्वीमा आधा कम भयो ध्वनि प्रदुषण

एजेन्सी । एक नयाँ अध्ययन अनुसार विश्वभर कोरोना भाइरस महामारीका कारण लागू गरिएको लकडाउनका कारण पृथ्वीमा हुने ध्वनि प्रदुषणमा ५० प्रतिशत कमी आएको छ । 

मानवको आवत–जावत र ट्राफिक जस्ता गतिविधिहरुबाट पृथ्वीमा जुन ध्वनि उत्पन्न हुन्छ त्यो वर्षको सुरुवातमा विश्वको फरक–फरक हिस्सामा लागू भएको लकडाउनका कारण करिब आधामा कम भएको छ । 

बेल्जियमको रोयल अब्जर्भेटरीको अगुवाईमा भएको यस अध्ययनमा ७० भन्दा बढी वैज्ञानिकहरु सहभागी थिए । उनीहरुले विश्वभर ३ सय बढी स्थानबाट आएको डाटाको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर