• शनिबार ४-२४-२०७७/Saturday 08-08-2020/ 04:00 am

कोरोनाबाट बेलायतमा थप एकजना नेपालीको निधन

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ ।

 गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
 
समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ ।
      
सङ्घका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रेडियो नेपालकाे कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त

  • १२ श्रावण, २०७७

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा

‘ठूलाचौरका दलितबस्तिमा अब दुःखका दिन गए’

  • १२ श्रावण, २०७७

दमौली ।  तनहुँको म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो । तत्कालीन

प्लास्टिक प्रयोगको गम्भिर परिणामः सन् २०४० सम्ममा पृथ्वी १.३ अर्ब टन प्लास्टिकले थिचिनेछ

  • ११ श्रावण, २०७७

एजेन्सी । एक वैश्विक मोडलको हिसाबले आगामी २० वर्षमा विश्वभर हामी प्लास्टिकको गम्भिर समस्याबाट गुज्रिरहेका हुनेछौ ।  जर्नल साइन्समा छोपिएको एक