• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 10:51 pm

वडाध्यक्षलाई कुटपिट गर्ने ६ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा नारद ठगुन्ना, विनोद ठगुन्ना, वसन्त ठगुन्ना, मानसिंह ठगुन्ना, नवीन ठगुन्ना र आनन्द ठगुन्ना रहेका छन्। वडाध्यक्षको किटानी जाहेरीका आधारमा ६ जनालाई सोधपुछका लागि पक्राउ गरिएको उनको भनाइ छ।   

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेका बेला नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापतिको नेतृत्वमा गएको समूहले वडाध्यक्षमाथि कुटपिट गर्नाका साथै कार्यकक्षमा तोडफोडसमेत गरेको थियो। पक्राउ परेकाहरुको रिहाइको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले इलाका प्रहरी कार्यालय झलारी घेराउ गर्नाका साथै झलारी बजारमा टायर बालेका छन्। 

वडाध्यक्ष महरालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज लगिएको छ। नेकपा शुक्लाफाँटा नगरकमिटी र शुक्लाफाँटा नगर कार्यपालिकाले छुट्टाछुट्टै रूपमा विज्ञप्ति जारी गरी दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरेका छन्।  रासस   

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राममन्दिर शिलान्यास कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ अयोध्याका लागि प्रस्थान

  • २० श्रावण, २०७७

जनकपुरधाम । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि हुन लागेको भूमि पूजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ

कोरोनाका कारण पाल्पामा गाईजात्राको रौनक देखिएन

  • २० श्रावण, २०७७

पाल्पा । परम्परागत सांस्कृतिक महत्तव बोकेको गाईजात्रा पर्व पाल्पामा सामाजिक दुरी कायम गरेर मनाईएको छ । नेवार समुदायले विशेष पर्वका रुपमा रहेको

प्रदेश प्रहरी भवन निर्माण शुरु

  • २० श्रावण, २०७७

हेटौँडा ।  हेटौँडामा बागमती प्रदेश प्रहरी कार्यालय भवन निर्माणको काम थालिएको छ।  ३१ करोडको लागतमा शुरू गरिएको सो भवन साढे चार तलाको १२२ कोठाको