विषालु च्याउ खाँदा बालकको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिकामा–३ का ८ वर्षीय बालक ललित धामी रहेका छन् ।
बालक धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विषालु च्याउ खाँदा मृतककी आमा बिस्ना धामी र ३ दिदीबहिनी बिरामी परेका छन् ।
प्रतिकृया दिनुहोस