सिदार्थ राजमार्गमा पहिरो झर्ने क्रम नरोकिएपछि सडक सुचारु गर्न समस्या 

पाल्पा । सिदार्थ रजमार्गको पाल्पा खण्डमा पर्ने सिद्धबाबा मन्दिर तथा तानसेन नगरपालिका ८ स्थित गौडेपुल नजिकै वर्षासंगै निरन्तर पहिरो खसेपछि सिदार्थ राजमार्गको पाल्पा वुटवल सडकखण्ड संचालनमा समस्या भएको छ । 

सोमबार बेलुका पहिरो पन्छाएर एकतर्फी सुचारु भएको सडक गएरातीदेखि परेको वर्षासंगै निरन्तर रुपमा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाउको छ ।

 वर्षासँगै ढुंगासहितको पहिरो खस्नेक्रम नरोकिएको हुँदा सडक सुचारु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन गिरीले जानकारी दिए ।  ढुंगासहितको पहिरो पन्छाउन डोजर तथा स्काभेटरले काम गरेपनि पानी पर्दा ढुंगाहरु खस्ने जोखिमका कारण समस्या भएको प्रहरीले जनाएको छ । यस्तै सोही राजमार्गको बतुङ्ग राम्दी सडकखण्डस्थित सेरा नजिकै पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । वर्षासंगै सिदार्थ राजमार्गको विभिन्न स्थानमा पहिरो जान, सडक भासिने भएको हुँदा सडक सुचारु गर्न दिनभर लाग्ने प्रहरीले जनाएके छ ।

 पहिरोको उच्च जोखिम रहेको दोभानदेखि सिद्धबाबा क्षेत्रमा स्थानीय प्रसाशनले रातीको समयमा सवारी प्रवेशमा रोक लागाएका कारण विहान यात्रा गर्ने तयारीमा रहेका सयौको संख्यामा रहेका यात्रु र सवारी बिच सडकमा अलपत्र परेका छन ।

 सिदार्थ राजमार्गमा पहिरोका कारण असार अन्तिम सातादेखि नै दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले दैनिक सास्ती खेप्दै आएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर