• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

बहुमत स्थायी कमिटी सदस्यको बैठक सकियो, अध्यक्ष ओली विरुद्ध प्रस्ताव पारित

काठमाडौं । नेकपा स्थायी कमिटीका बहुमत सदस्यहरुको बैठक केही बेर अघि सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको हो । र्बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीका विरुद्ध खेद प्रस्ताव पारित गरेको छ । 

‘पार्टीको विधि र पद्धति अनुसार नचलेर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु आपत्तिजनक भएको ठहर गरियो’, स्थायी कमिटी सदस्य भिम रावलले समाचार दैनिकसँग भने, ‘त्यसविरुद्ध प्रस्ताव पारित गर्दै प्रधानमन्त्री ओलीसँग यस विषयमा कार्यकारी अध्यक्ष प्रचण्डले छलफल गर्ने निर्णय भएको छ ।’

नेता रावलले कूल ४४ सदस्यीय स्थायी कमिटीमा आजको बैठकमा २९ सदस्य उपस्थित रहेको जानकारी समेत दिए । 

यसअघि बैठकमा अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउन पहल गरिरहेको जानकारी गराउदै बैठकलाई पार्टी स्थायी कमिटीको पूर्ण बैठक नभई बहुमत सदस्यको भनेका थिए ।

बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ब्रिफङका क्रममा अध्यक्ष प्रचण्डले मंगलबारको स्थायी कमिटी बैठक एकलौटी रुपमा स्थगित गरेर दुई अध्यक्षको अस्तित्व समाप्त गर्नुका साथै पार्टी प्रणालीमाथि नै धावा बोलेको बताए । 

आफुले बैठक स्थगित भएपछि पनि प्रधानमन्त्रीलाई भेटेर बैठक संचालन गर्न आग्रह गरेको बताउदै अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘बैठक नरोकौं, कोभिड–१९ बारे छलफल गरौं, भोली सचिवालय बैठक गरेर फेरि नयाँ ढंगबाट संवाद थालौं’ भनी प्रस्ताव गर्दा ओली त्यसका लागि तयार भएनन् ।' 

 प्रचण्डले अगाडि भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’

प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ । 

बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफुले अघि सारेको ६ बुंदे प्रस्ताव अनुसार पार्टी अघि बढाउनु उपयुक्त हुने प्रस्ताव गरे । उनले मंगलबार आफ्ना प्रस्ताव अघि सार्दै प्रधानमन्त्री र पार्टी अधयक्ष दुवैबाट ओलीलाई हटाउनु नहुने तर्क गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर