• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बादल, रायमाझी, भट्ट र थापाले प्रचण्डलाई छाेडेका हुन् ?

काठमाडौं । मंगलबार ओलीइतरका नेताहरुको सहभागीतामा नेकपाको स्थायी कमिटी बैठक बस्यो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए । नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् ।

तर बैठकमा प्रचण्ड निकट मानिने केहि नेताहरु भने सहभागी भएनन् । बैठकमा रामबहादुर थापा, टोप बहादुर रायमाझी , लेखराज भट्ट र मणी थापा सहभागी भएनन् । बैठकमा सहभागी नभएका एक नेताले पार्टी एक भएर जानुपर्ने अहिलेको आवश्यकता रहेकाले सवैको सहभागीतामा बैठक बस्नुपर्ने बताए । मन्त्री भट्टले आफुलाई जानकारी नभएकाे बताए ।

अध्यक्ष ओली पक्ष नेताहरुले उक्त बैठकलाई प्रचण्ड, मााधव नेपाल र झलनाथ खनाल गुटको भेला भनेपनि प्रवक्ता श्रेष्ठले भने यसअघि तोकिएको बैठककै निरन्तरता भएको बताएका छन् । बैठकको पहिलो लहरमा प्रचण्ड, खनाल, नेपाल र वामदेव गौतम बसेका थिए । प्रचण्ड र खनालको कुर्सीकोबीचमा रहेको ओलीको कुर्सी भने खाली थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर