• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मौसम परिवर्तन हुँदैमा कोरोना भाइरसबाट राहत मिल्नेछैन : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले यस गर्मीमा उत्तरी गोलार्धमा कोरोना भाइरसको संक्रमणलाई लिएर लापरवाही नगर्न आग्रह गरेको छ । 

डब्लुएचओका अनुसार, कोरोना भाइरस एन्फ्लुएन्जा जस्तो मौसमको चलन अनुसार व्यवहार गर्दैन । जेनेभाबाट एक भर्चुअल ब्रिफिङको दौरान डब्लुएचओकी मार्गरेट ह्यारिसले मानिसहरु अहिले पनि मौसमका बारेमा सोचिरहेका छन्, तर हामीले कोरोना भाइरस एक नयाँ भाइरस भएको बुझ्नु पर्ने र यसको व्यवहार फरक रहेको बताएकी छिन् । 

उनले धेरै संख्यामा मानिस जमघट हुनेका कारण यसको संक्रमण फैलिने भएकाले यसको संक्रमण फैलिनबाट रोक्नका लागि सावधानीहरुमाथि ध्यान दिनुपर्ने बताएकी छिन् । 

‘यो भाइरसलाई तरंगको रुपमा नलिनुहोस् । यो एक भयानक छाल हो । यो निक्कै माथि पनि जान्छ र थोरै तल झर्छ पनि,’ उनले भनिन्, ‘त्यसैले यसलाई पुरै निर्मूल पार्नका लागि सावधानी अपनाउनु नै राम्रो हुनेछ ।’ 

विश्वभर फैलिएको कोरोना भाइरसको प्रकृतिलाई लिएर विश्वभर विभिन्न खालको अनुमान तथा टिका–टिप्पणी गरिँदै आएको छ । कोहीले एकदमै चिसो ठाउँमा भाइरस पुग्न नसक्ने बताउने गरेका छन् भने कोहीले गर्मी महिनामा कोरोनाको सक्रियतामा कमी आउने बताउने गरेका छन् । 

मानिसहरुको यस्तै अनुमानलाई लिएर डब्लुएचओले मंगलबार सम्बोधन गरेको हो, जसमा मौसमको परिवर्तनले कोरोना भाइरसको व्यवहारमा परिवर्तन नआउने बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर