• मंगलबार ४-२७-२०७७/Tuesday 08-11-2020/ 09:45 am

जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु

जुम्ला । जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्याफ्टिङ सञ्चालनमा ल्याएको हो ।

साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ । ट्राभल्सका सञ्चालक ललितजङ्ग महतका अनुसार साउन महिनामा र्याफ्टिङ निकै प्रभावकारी भएको छ ।

 तिला नदी भौगोलिकरूपमा निकै उत्तम भएको र पानीको गति राम्रो मानिएको छ । “शुरुमा चार/पाँच पटक परीक्षण सञ्चालन गरियो । त्यसपछि व्यावसायिकरूपमा अगाडि बढाइएको छ”, सञ्चालक महतले भने ।  यस व्यवसायलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको उनको भनाइ छ ।
 
साहसिक यात्रा गर्ने पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्थासमेत गरिएको सञ्चालक महतले बताए। र्याफ्टिङबाट तातोपानी धारामा नुहाउनदेखि मार्सी चामलको भात र तिलामा पाउने असला माछासमेत खान पाइने गो कर्णाली ट्राभल्स एण्ड टूरले जनाएको छ । सोह्र किलोमिटर यात्राका लागि र्याफ्टिङ गर्न प्रति व्यक्ति रु दुई हजार शुल्क निर्धारण गरिएको छ । अहिले शुरुआती चरणमा सो व्यवस्थाका लागि रु २४ लाख बजेट खर्च भएको जनाइएको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन

  • २७ श्रावण, २०७७

कर्णाली । आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार

कर्णालीमा पानीको सतह बढ्यो, सचेत रहन आग्रह

  • २७ श्रावण, २०७७

कर्णाली । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ ।  कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली

जनकपुरमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो

  • २७ श्रावण, २०७७

जनकपुरधाम । जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत