• मंगलबार ६-१३-२०७७/Tuesday 09-29-2020/ 11:29 pm

ढोरपाटनको लुकुरकबनमा पहिरोका कारण ९ परिवार विस्थापित

ढोरपाटन (बागलुङ) । सोमबारदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिका–४ लुकुरबन धिरी पाखाडेरामा गएको पहिरोका कारण ९ परिवार विस्थापित भएका छन् । मंगलबार साँझ पाखाडेराका बारीका गराबाट आएको पहिरोले तल्लो आरणडेराका घरहरुमा क्षति पुर्याएपछि ९ घर विस्थापित भएका छन् ।

पहिरो गएको स्थान वरपर पुरै जमिन चर्किएकाले घर खाली गराई उनीहरुलाई नजिकका आफन्त र विद्यालय, स्वास्थ्य चौकीको भवनमा स्थानान्तरण गरिएको ४ नम्बर वडा अध्यक्ष तिलक पुनले बताए । ‘धनजनको क्षति भएको छैन । पाखाडेरबाट अएको पहिरोले आरणडेरामा क्षति पुर्याउने खतरा देखिएकाले पहिरो नजिकका घर खाली गराएका छौं । पहिरो गएको स्थान वरपर जमिन चर्किएको छ‘, अध्यक्ष पुनले भने ।

धनजन सुरक्षितका लागि स्थानीय धिरी आधारभूत विद्यालय र स्वास्थ्य चौकीमा बस्ने व्यवस्था गरिएको उनले बताए । ‘धनजन क्षति छैन । तर, खतरा ठूलो छ । तत्काललाई विस्थापितको आवश्यकता पुरा गरिएको छ । स्कुल र स्वास्थ्य चौकीमा आगो बाल्न नमिल्ने भएकाले छाप्रो बनाउँदै छौं‘, उनले भने– ‘थप सहयोगका लागि नगरपालिका, प्रदेशसँग समन्वय हुँदैछ ।‘

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे

  • १३ असोज, २०७७

तनहुँ। तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ। उक्त मार्गअन्तर्गत व्यास नगरपालिका(१ स्थित

पहिरोले अबरुद्ध बेनी-बागलुङ सडक तीन महीना पछि सञ्चालन

  • १३ असोज, २०७७

गलेश्‍वर। तीन महीनादेखि अवरुद्ध बेनी-बागलुङ सडक मर्मतपछि सञ्चालनमा आएको छ। गत असारदेखि विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको सडक मर्मतपछि

खोटाङमा जोरबिजोर रोल नम्बरको आधारमा पठनपाठन शुरु

  • १३ असोज, २०७७

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका क्षेत्रका विद्यालयहरूमा पठनपाठन शुरू गराएको छ।  गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी