विपद दुर्घटना विमा रकम भुक्तानीको व्यवस्था गर्न मुख्यमन्त्री शाहीको निर्देशन 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पछिल्लो समय कर्णाली प्रदेशको विभिन्न ठाउँमा अविरल वर्षासंगै गएको पहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई र जनधनको क्षति व्योहोरेका परिवारहरुलाई विपद दुर्घटना विमा रकम भुक्तानीको व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिएका छन् । 

पछिल्लो केहि दिन यता कर्णाली प्रदेशको कालिकोट, रुकुम पश्चिम लगायत प्रदेशका विभिन्न जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति मुख्यमन्त्री शाहीले  गहिरो दुख व्यक्त गरेको मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव खेम बहादुर सिँङले विज्ञप्ती मार्फत जानकारी दिएका छन् । 

प्रमुख स्वाकिय सचिव सिँङले  जारी गरेको शोक विज्ञप्तीमा भनिएको छ  ‘मिति २०७७ साल साउन १४ गते गएको पहिरोमा परी कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा ९ जना, साउन १३ गते रास्कोट नगरपालिकामा १ जना, रुकुम पश्चिमको वाँफिकोट गाउँपालिकामा २ जनाको दुखद निधन भएको र रास्कोट नगरपालिकामा ५ जना अझै वेपत्ता भएको खवरले माननीय मुख्यमन्त्रीज्यू स्तव्ध हुनुहुन्छ,।’ 

मुख्यमन्त्री शाहीले  प्राकृतिक विपदका कारण ज्यान गुमाएका सवैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका  मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।  विपद् प्रभावित परिवारहरुको पिडा आफुलाई गहिरोसंग महशुस भएको वताउदै मुख्यमन्त्री शाहीले  घाईते सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । 

‘मुख्यमन्त्री शाहीले  विपद प्रभावितहरुको उद्धार, राहात, पुनस्र्थापना एवं मृतकका परिवारलाई प्रदेश सरकारद्धारा गरिएको विपद दुर्घटना विमा रकम भुक्तानीको व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन भईसकेको छ,।’ मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव खेम बहादुर सिँङले शोक विज्ञाप्ती मार्फत जानकारी दिएका हुन्  । 

बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भईरहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले  विपद् जोखिमबाट बच्न सबैले आ–आफ्नो तहबाट सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका लागि व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई निर्देशन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

विपद्को सूचना पाउने बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, सूचना सम्प्रेषण गर्ने सञ्चारकर्र्मी एवं स्थानीय जनतालाई मुख्यमन्त्री शाहीले  धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर