• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एलेक्स सान्चेजलाई इन्टर मिलानले स्थायी रुपमा अनुबन्धित गर्ने

एजेन्सी । इटालियन क्लब इन्टर मिलानले म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्स सान्चेजलाई स्थायी रुपमा क्लबमा राख्न चाहेको छ । अहिले सान्चेज लोनमा युनाइटेडबाट इन्टर मिलानमा छन् ।

चिलेका ३१ वर्षका खेलाडी सान्चेले लोनमा रहँदा इन्टर मिलानमा राम्रो प्रदर्शन गरेका छन् । उनले इन्टर मिलानका लागि सिरी ए मा ८ खेलमा तीन गोल गरेका छन् ।

उनले गएको शनिबार राति भएको जेनोआमाथि ३–० को जित निकाल्ने क्रममा पनि गोल गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर