• मंगलबार ४-२७-२०७७/Tuesday 08-11-2020/ 09:00 am

बिक्रीको मामिलामा सामसुङलाई उछिन्यो हुवावेले

बेइजिङ । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । 

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । जबकी सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ । 

अमेरिकी प्रतिबन्धका कारण हुवावेका मोबाइल सेटहरुको विदेशमा बिक्री घटेको छ, तर स्वदेशमा हुवावेका सेटहरुको माग तिब्र छ । हुवावेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ । 

क्यानालिसका अनुसार हुवावेका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाईले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन् ।

दुरसंचार नेटवर्किङ उपकरण उत्पादनमा बर्चश्व कायम गर्न थालेको हुवावेलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ । 

अमेरिकाले हालैमात्र हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै संचालन गरिरहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन : अमेरिकी विज्ञ

  • २४ श्रावण, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा

गुगलले बन्द गर्‍यो २५ सय चिनियाँ युट्युब च्यानल

  • २३ श्रावण, २०७७

एजेन्सी । विश्वमै लोकप्रिय सर्च इञ्जिन गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानललाई हटाएको जनाएको छ ।  दुस्प्रचार गरेको आरोपमा २५ सय वटा

फेसबुकले पहिलोपटक ट्रम्पको पोस्ट हटायो

  • २२ श्रावण, २०७७

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट