राष्ट्र बैंकका कर्मचारीलाई अभिव्यक्ति स्वतन्त्रतामा रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई  अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाएको छ । सामाजिक सञ्जाल, सामाजिक सञ्जालमा अभिव्यक्ति दिन थालेको भन्दै अब त्यस्तो अभिव्यक्ति दिन बै‌कको स्वीकृत अनिवार्य गरिएको छ । 

राष्ट्र बै‌कले परिपत्र गरेर आफ्ना मातहतका सबै कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन तथा व्यक्तिगत अभिव्यक्ति दिन रोक लगाएको छ । यस विषयमा राष्ट्र बैंकले आन्तरिक परिपत्र नै जारी गरेको छ ।

राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागद्वारा जारी सो परिपत्रमा भनिएको छ- ‘विभागको स्वीकृति बेगर आफखुसी वेविनारमा भाग लिने र प्रस्तुतिकरण दिने, विद्युतीय सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा यस बैंक तथा नेपाल सरकारको नीति विपरित प्रकाशन/प्रशारण/संप्रेषण गर्ने, कार्यालय पोशाक तथा कार्यस्थलमा टिकटक बनाउने जस्ता कार्य बन्द गर्न/गराउन ध्यानाकर्षण गराइन्छ ।’

कर्मचारीहरुले सामाजिक सञ्जालमार्फत् अनावश्यक जथाभावी अभिव्यक्ति दिएको भन्दै टिकटक बनाउन रोक लगाएको हो । त्यस्तै, फेसबुक, ट्वीटर र म्यासेन्जरमा सरकारका नीति र राष्ट्र बैंकका काम कारबाहीको आलोचना गर्न पनि रोक लगाइएको छ ।

यसका साथै राष्ट्र बैंकका कर्मचारीले सञ्चार माध्यम, पत्रपत्रिकामा आफ्नो लेख प्रकाशन गर्न समेत नपाउने भएका छन् । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै कर्मचारीलाई स्वीकृतिबिना आफुखुसी सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा तथा वेविनार प्रस्तुतिकरण दिन स्वीकृति लिनु पर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंककाअनुसार कर्मचारीहरुले राष्ट्र बैंक कर्मचारी सेवा विनियामावली-२०६८ मा उल्लेख भएको ब्यवस्था विपरित केही कर्मचारीले काम गरेको पाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर