मन्त्रीसहित हेलिकोप्टरमा पुगेर फर्किए नगर प्रमुख बराल, तर बिरामीको वास्ता भएन !

सुर्खेत । कालिकोट रास्कोट नगरपालिका प्रमुख कासिचन्द्र बरालले पहिरोमा परी घाइते भएकाहरुको कुनै पनि वास्ता नगरेको घाइतेहरुले गुनासो गरेका छन् । आफूहरु पहिरोमा पुरिएर ३ दिन सम्म खाना र औषधि नपाउँदा पनि नगरपालिकाले वास्ता नगरेको उनिहरुले आरोप लगाएका  छन् । 

१३ गते नगरपालिकामा पहिरो जादा सुर्खेतमै रहेका  नगर प्रमुख बराल १५ गते कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल सँग हेलिकप्टर मार्फत कालिकोट पुगेका थिए । नगर प्रमुख बराल  १५ गते हेलिकप्टर मार्फत कालिकोट त पुगे तर पहिरोमा परी घाइते भएकाहरुको कुनै पनि वास्ता नगरी फेरी १५ गते नै सुर्खेत फर्किएको घाइतेहरुले गुनासो गरेका छन् । 

‘पहिरो परी घाइते भएका रास्कोट नगरपालिका वडा नं १  गैरीगाउँका टेक टमट्टाले भने, ‘घाइते भएको ३ दिन सम्म नगरपालिकाले कुनै पनि वास्ता गरेन, बरु छिमेकी गाँउपालिका सान्नि त्रिबेणि गाउँपालिकाले औषधि खाने कुरा केहि कपडा सहयोग गर्यो ।’

घाइते टमट्टाका अनुसार रास्कोट  नगरपालिकाका केहि जनप्रतिनिधिहरुले आफुलाई सयोग गर्नुको साटो आफुलाई नक्कली घाइते भनेको आरोप लगाए । ‘म पहिरोमा पुरिएको २ घण्टापछि मलाई छिमेकिले उद्धार गरेर ल्याएछन् त्यो मलाई कुनै पनि थाहा छैन, तर पनि मलाई उपचार गराउनबाट बन्चित गराउन लागिएको थियो,’ घाइते टमट्टाले भने ।’

घरवार सबै पहिरोले बगाएर लगिहाल्यो आफु सँग खाने अन्न र लगाउने कपडा केहि पनि नभएको भन्दै टमट्टाले हेलिकप्टरमा सुर्खेत पु¥याइसकेपछि पनि नगर प्रमुख बरालले आफुहरुलाई व्याबारिसे अबस्थामा अस्पतालमा छोडेको आरोप लगाए । 

‘हिजोबाट खाना पनि खाएका छैनौ खाने पैसा पनि छैन टमट्टाको सहयोगिको रुपमा आएकी पार्बति बि।क।ले भनिन्, ‘मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव खेम सिङले अहिले खाने व्यावस्था मिलाउनु भएको छ अहिले केहि राहत भएको उनले सुनाइन्,।’

यो भन्दा बढि सहयोग के गर्ने ? : नगर प्रमुख बराल

रास्कोट नगरपालिका प्रमुख कासिचन्द्र बरालले आफुले सकेजति सहयोग गरेको बताएका छन् उनले घाइतेहरुले लगाएको आरोप झुट भएको भन्दै नगरपालिकाको तर्फबाट सबै बन्दो बस्त मिलाएको बताएका छन् । 

‘पहिरो आउने ठाउँमा जान सक्ने अबस्था थिएन हिजो मौसम अलि सहज भैसकेपछि उद्धार भयो यो भन्दा अरु के गर्न सकिन्छ ?' उनले भने । 

 ‘अस्पतालमा ल्याइसकेपछि खानाको व्यावस्था मिलाउन नसकेको स्वीकार्दै नगर प्रमुख बरालले केहि समयमा आफु त्यहाँ पुगेर व्यवस्थापन गर्ने बताएका छन् । सबै घाइतेहरु आफ्नो नगरपालिकाको नभएकोले के गर्ने भन्ने विषयमा छलफल भैरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर